Sunday, May 31सत्यम खबर
Shadow

घरदैलोमा पुगेर मतदाता भेट्दै प्रदेशसभा उम्मेदवार हमाल

नेपालगन्ज, कार्तिक १९ – बाँकेको प्रदेश सभा २(२) मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमालले घरदैलोमा पुगेर मतदाता भेट्ने क्रम जारी राखेका छन् । घरदैलो अभियानलाई तिब्रता दिदै उनले मतदाताको मन जित्ने काम गरिरहेका छन् ।
घरदैलो अभियानअन्तर्गत हमाल शनिबार (आज) बिहान नेपालगन्जको वडा नम्बर ४ र दिउँसो अन्य वडाका मतदातालाई भेटघाट गरेका हुन्् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित प्रचार(प्रसार सम्पर्क कार्यालयदेखि शनिबार बिहान हमालले घरदैलो कार्यक्रम सुरु गरेका थिए । उनीले बसपार्क, बाइपास रोड, बस्याल टोललगायत अन्य विभिन्न टोलमा रहेका मतदाताहरु भेटे ।
बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सचीव प्रदिप शाहले मतदातासँगको भेटघाट धेरै नै प्रभावकारी रहेको बताए । घरदैलो गर्दै हमालले रुख चिन्हमा मतदान गरी काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।
घरदैलो कार्यक्रममा उम्मेदवार हमाल सहित समानुपातिक उम्मेदवार माया पुन, पुर्वसभापति ज्ञानेन्द्रसिंह सिजापती, कांग्रेसका नेपालगन्ज नगर सहसचिव शरद अधिकारी, महासमिति सदस्य निरन्जनसिंह सिजापति लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *