Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

बाँके २ मा मोहम्मद इस्तियाक राई चुनाव हार्ने यस्ता छन् १० कारण

बाँके २ मा मोहम्मद इस्तियाक राई चुनाव हार्ने यस्ता छन् १० कारण

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ कार्तिक – पूर्वप्रधानमन्त्री सुशिल कोइराला चुनाव लडेको बाँके-२ मा यसपटकको निर्वाचनमा कसले बाजी मार्ला भन्‍ने कुरालाई निकै उत्सुकताका साथ हेरिएको छ। बाँके २ मा जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा रहेका छन्। जनता समाजवादी पार्टीले केन्द्रमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। यसअघि संसद् र संविधानलाई नै ध्वस्त पार्ने ओलीको विरुद्ध बनेको मोर्चामा रहेको जसपा अहिले उनै ओलीको साथमा छ। जसका कारण जसपाका उम्मेदवारहरुलाई आगामी निर्वाचनका लागि मत माग्‍न सकस परिरहेको छ। बाँके-२ मा चुनावी अभियानमा होमिएका राई यसपटक पराजय हुनेमा चिन्तित छन्। राई २०५१ सालदेखि राजनीतिक दलमा आबद्ध भएका हुन् । २०५४ सालमा तत्कालीन राप्रपा साइगाउँ गाविस एकाइ कमिटी अध्यक्ष बनेर काम गरेका थिए। त्यसपछि निर्वाचन क्षेत्र नं. ३ को सचिव भएर काम गरेका थिए। २०६३ सालमा मधेशी जनअधिकार फोर...
भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने

भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ कार्तिक – भारत सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याएको छ । भारतले आन्तरिक बजारमा चिनीको उपलब्धता सहज बनाउन र मूल्य नियन्त्रण गर्न यसको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध १ वर्ष थप्ने निर्णय गरेको हो । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप गरेसँगै नेपालमा आवश्यक पर्ने चिनीको आयात कहाँबाट गर्ने भन्ने प्रश्न उठेको छ । यसअघि भारतले आन्तरिक बजारमा उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा राख्न भन्दै गएको जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोके लगाएको थियो । भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उक्त निर्यात प्रतिबन्ध ३१ अक्टोबर २०२३ सम्म कायम राख्ने बताएको छ । भारतको यस्तो कदमपछि नेपाली बजारमा चिनीको मूल्य अकासिनेदेखि कालोबजारीले बढावा पाउन सक्ने उपभोक्ताको चिन्ता छ ।...
निर्वाचनपछि सबै प्रदेश र केन्द्रमा गठबन्धनको सरकार : नेका प्रवक्ता डा.महत

निर्वाचनपछि सबै प्रदेश र केन्द्रमा गठबन्धनको सरकार : नेका प्रवक्ता डा.महत

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ कार्तिक – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याएर सरकार बनाउने बताएको छ । उले भने , ‘निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन्। केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ।’ प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले सम्पूर्ण नागरिकहरुलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्र भएकाले बताए । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहेका नेता डा .महतले भने, ‘कांग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ।’ मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्र विन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिँदै उन...
भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ कार्तिक –मस्को—रुस भ्रममा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी समकक्षी सर्गेइ लाभरोभसँग भेट वार्ता गरेका छन् । दुबै नेताले द्विपक्षीय, क्षेत्रीय र पारस्परिक चासोका विश्व्व्यापी मुद्दाबारे छलफल गरेका थिए ।भारत र रुस लामाो समयदेखि साझेधारी छ । फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएपछि जयशंकर र लाभरोभबीच चार पटक भेटवार्ता भइसकेको छ ।युक्रेन द्वन्द्व सुरु भएदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पटक पटक कुराकानी गरेका छन् ।...
‘जनताका समस्या बुझ्ने उम्मेदवार हमाल नै हुन्’ मतदाता

‘जनताका समस्या बुझ्ने उम्मेदवार हमाल नै हुन्’ मतदाता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का मतदाताले प्रदेश सभा २(२) सदस्य पदका उम्मेदवार सुरेन्द्र हमालले नै जनताका समस्या बुझ्ने भएकाले जिताउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखी केन्द्रसम्म पहुँच राख्ने सरल स्वभावका नेता भएकाले हमाललाई निर्वाचित गराउनुको विकल्प नभएको बताए ।राजनीति बुझेको र विकास गर्न सक्ने एक मात्र उम्मेदवार हमाल भएकाले उनलाई जिताउन लागि परेको वडा नम्बर १ का मतदाताले सुनाए । ‘हमाललाई वडा नम्बर १ बाट निर्धक्क भएर भोट हाल्न आतुर छौं, हाम्रो कुरा सुन्ने समस्या बुझ्ने उम्मेदवार उहाँ नै हुनुहुन्छ, सुरेन्द्र हमाल जस्तो उम्मेदवार अरु छैनन्, हामी जसरी पनि हमाललाई जिताउँछौं,’ मतदाताले भने ।नेपालगन्ज वडा नम्बर १ मा बुधबार बिहान गरिएको घरदैलोका क्रमममा मतदाताले हमाललाई स्वागत गरेका थिए । ‘सुरेन्द्र हमालले अहिले सम्म नराम्रो काम गरेको रेकर्ड छैन, उहाँ विकास प्र...
पाँच वर्षमा चीनले नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता

पाँच वर्षमा चीनले नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २३ कार्तिक – चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ । चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो । अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता ९करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ० उपलब्ध गरेको छ । पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८र१९ मा नेपालले प्राप्त गरेको थियो । सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो । अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, ...
चीनमा फेरि बढ्न थाल्यो कोभिड सङ्क्रमण, ८ लाख मान्छे प्रभावित

चीनमा फेरि बढ्न थाल्यो कोभिड सङ्क्रमण, ८ लाख मान्छे प्रभावित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २३ कार्तिक – वैश्विक महामारी कोभिडले एकपल्ट फेरि चीनमा सङ्क्रामक रूप लिइरहेको छ। कोरोना सङ्क्रमणको मामिलामा बढोत्तरीपछि चीनको वुहानदेखि लिएर उत्तर पश्चिममा जिनिङसम्म कोभिड प्रतिबन्धहरू बढाइएको छ। वुहान प्रान्तमा लकडाउनका कारण लगभग ८ लाख मानिस प्रभावित बनेका छन्।कोभिड सङ्क्रमण फैलिएपछि भवनहरू सील गरिॅंदै छन् र जिल्लाहरू पनि बन्द गरिॅंदै छन्। प्रतिबन्ध बढाइएपछि लाखौँ मानिसहरू विभिन्न समस्याले ग्रस्त छन्। चीनमा देशभरि कोरोना भाइरसको एक हजार भन्दा बढी मामिला देखिएको छ।यो वर्षको सुरुआतमा साङ्घाईमा कोरोना भाइरसको मामिलामा केही बढोत्तरी देखिएको थियो। यसपछि सरकारले सहरमा लकडाउन गर्नु परेको थियो। ओमिक्रोन भेरियन्टले संसारकै दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था र वित्तीय बजारलाई निकै प्रभावित गरेको छ।आर्थिक गतिविधिको दृष्टिले चाइनाको चौथो सबैभन्दा ठूलो सहर र ग्वांगडोङको प्रान्तीय राजधानी ग्वांग...
भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

आर्थिक, आस्था, प्रदेश ७, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २३ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा छ जनाले ज्यान गुमाएका छन् भने क्षतिको विवरण आउन बाकी छ । बुधवार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।साथै देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । 'सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु', प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।डोटीको पूर्वीचौकी गाउँपालि...
डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

आस्था, प्रदेश ७, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ कार्तिक – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाक...
मतदाताहरूकाे मन जित्न सफल डा. कर्ण

मतदाताहरूकाे मन जित्न सफल डा. कर्ण

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ कार्तिक - बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले मतदाताको मन जित्न सफल रहेको चर्चा सुरु भएको छ । बिहान देखी अबेर रातिसम्म मतदाताको घर घरमा पुग्दै आफ्ना एजेन्डा र बिकास मोडेलको बारेमा चर्चा परिचर्चा गर्दै आएका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णलाई मतदाताले निकै रुचाइएको उम्मेदवारको रुपमा हेरिन थालेको छ । उसो त डाक्टर मध्य तथा सुदुर पश्चिमकै चर्चित प्लास्टिक सर्जन बिनोद कर्ण सबैका प्रीय छन् । गरिब, असहायलाई उपचारमा सहयोग गर्दै आएका कर्ण नेपालगन्जमा ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता समेत हुन् । उनी चुनावी मैदानमा होमिदा होस या चिकित्सक पेशामा उनी सबैका मन जित्दै आएका ब्यक्ति हुन् । तर पछिल्लो समय उनै सबैका प्रीय डाक्टर कर्ण आफ्नो चुनाव चिन्ह बल्ब (बिजुलीको चिम) चिनाउन घरदैलोमा निस्किने गर्दा उम्मेदवा...