चुनावी अभियानमा तिब्रता दिँदै डा. कर्ण
नेपालगन्ज, २२ कार्तिक - बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्ण हातमा बिजुलिको चिम अङ्कित प्रसार प्रसारको सामाग्री लिएर चुनावी अभियानमा होमिएका छन् ।
स्वतन्त्र उम्मेदवार बनेका डाक्टर कर्णलाई निर्वाचन आयोगबाट चुनाव चिन्ह बल्ब 'बिजुलीको चिम' हात लागे पछि बिजुलिको चिम बोकेर टोल टोलमा पुग्दै आएका हुन् । मध्य तथा सुदुर पश्चिम क्षेत्रमै कहलिएका प्लास्टिक सर्जन डाक्टर कर्ण बिकास र समृद्धिको लागी चुनावी माहोलमा कुदेको बताउने गर्छन् । चिकित्सा पेशामा नाम कहलियका स्वतन्त्र उम्मेदवार डाक्टर कर्णलाई बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का मतदाताको साथ समेत मिलेको छ ।
देशमा स्वतन्त्र उम्मेदवार प्रतिको मोह र लहरका कारण पनि बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार डाक्टर कर्णलाई मतदाताको साथ र माया रहेको स्थानीयको बुझाई छ । कर्ण आफैमा पनि लामो स...









