मधेशको हितका लागि संघर्ष क्रममा २३ पटकसम्म जेल बसालियो : स्वतन्त्र उम्मेदवार शेष
नेपालगन्ज, २४ कार्तिक – बाँकेको क्षेत्र नंं. २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक प्रशासनले जेलमा राखेको बताएका छन ।उनले घरदैलो महाभियान क्रममा जनता समक्ष सम्बोधन गर्दै २३ पटकसम्म हिरासतमा बसेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म नेपाल सरकारले नजायज पाँच वटा राजद्रोह, सात सार्वजनीक मुद्दा मधेशी जनताहरुका लागि झेलिसकेको छु ।’उनले किसानका लागि मल खाद्य, बिउ विजनको लागि लड्ने क्रममा खुट्टा भाचिएको, रंगभेद खिलाप संघर्ष क्रममा कानको जाली फुटालिएको बताएका छन ।कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भर्खरै मात्र विपक्षी पार्टीका कार्यकर्ताहरु मिलेर म माथि आक्रमण गर्दै लाठी चलाएर शक्त घाइते बताएका थिए । त्यतिबेला हात भाचिएको थियो । मैले गरीब, किसान, नागरिकता बिहीन, सुकुम्बाँसी, व्यापारी, पिडित रिक्सावालाहरुको लागि संर्घष गरेकै कारण म माथि...









