Saturday, May 9सत्यम खबर
Shadow

‘जनताका समस्या बुझ्ने उम्मेदवार हमाल नै हुन्’ मतदाता

नेपालगन्ज, २३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का मतदाताले प्रदेश सभा २(२) सदस्य पदका उम्मेदवार सुरेन्द्र हमालले नै जनताका समस्या बुझ्ने भएकाले जिताउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखी केन्द्रसम्म पहुँच राख्ने सरल स्वभावका नेता भएकाले हमाललाई निर्वाचित गराउनुको विकल्प नभएको बताए ।
राजनीति बुझेको र विकास गर्न सक्ने एक मात्र उम्मेदवार हमाल भएकाले उनलाई जिताउन लागि परेको वडा नम्बर १ का मतदाताले सुनाए । ‘हमाललाई वडा नम्बर १ बाट निर्धक्क भएर भोट हाल्न आतुर छौं, हाम्रो कुरा सुन्ने समस्या बुझ्ने उम्मेदवार उहाँ नै हुनुहुन्छ, सुरेन्द्र हमाल जस्तो उम्मेदवार अरु छैनन्, हामी जसरी पनि हमाललाई जिताउँछौं,’ मतदाताले भने ।
नेपालगन्ज वडा नम्बर १ मा बुधबार बिहान गरिएको घरदैलोका क्रमममा मतदाताले हमाललाई स्वागत गरेका थिए । ‘सुरेन्द्र हमालले अहिले सम्म नराम्रो काम गरेको रेकर्ड छैन, उहाँ विकास प्रेमी उम्मेदवार हुनुहुन्छ, उहाँ कांग्रेसमा समर्पित नेता हो,’ एक महिलाले भनिन् ‘उहाँको सबै परिवार नै पहिले देखी नै कांग्रेस हो, उहाँ बाँकेको नयाँ अनुहार होइन, त्यसैले हामी हमाललाई जिताउँछौं र उहाँको जित पनि निश्चिति छ ।’
घरदैलोका क्रममा हमाललाई जितको शुभकामना दिनुका साथै अबिर र फुल दिएर स्वागत गरेका थिए । सो क्रममा उम्मेदवार हमालले वडा नम्बर १ का वडाबासीको साथ र विश्वासलाई पछि सम्म पनि कायम राख्ने बताए । निर्वाचनपछि आफुले सुरु गरेका विकासका अधुरा काम पूरा गर्ने उनले प्रतिवद्धता जनाए । घरदैलो कार्यक्रममा कांग्रेस नेता, कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *