Tuesday, October 22सत्यम खबर
Shadow

भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, २३ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा छ जनाले ज्यान गुमाएका छन् भने क्षतिको विवरण आउन बाकी छ । बुधवार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
साथै देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *