१३ जना महिलासहित ९४ जनाले गरे रक्तदान
नेपालगन्ज, २० कार्तिक – बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १६ औंं पटक आयोजित “रक्तदान जीवन दान” भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रममा १३ जना महिला र ८१ जना पुरुष गरी ९४ जनाले रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिको सहयोग तथा समन्वयकर्तामा, ठाकुरबाबा नगरपालिका वार्ड नं.२ रानीपुर कर्भड हलमा आयोजित १६ औंं पटक आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, सुरक्षकर्मी, स्वयंसेवी रक्तदाता लगायत रक्तदान गरेका हुन ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका उपनगर प्रमुख बीनाकुमारी भट्टराईले नेपाल रेडक्रस सोसाइटी, कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन पाकेट हस्तान्तरण गर्नु भएको थियो ।
आयोजित रक्तदान कार्यक्रममा उपप्रमुख बीनाकुमारी भट्टराईले ११ औं पटक रक्तदान ग...








