विन्दुको राप्रपा परित्यागले डा. राणालाई धक्का
नेपालगन्ज, २५ कार्तिक - प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी मिति नजिकिँदै गर्दा सबैतीर माहोल तात्दै गएको अवस्था छ । बाँकेको क्षेत्र नम्बर २ को कुरा गर्दा प्रतिनिधि सभाका लागि उम्मेदवार दिएका पार्टीगत उम्मदेवार तथा स्वतन्त्र उम्मेदवारको चर्को प्रचार भई रहेको छ ।
यसमा क्षेत्र नम्बर २ मा प्रमुख प्रतिस्पर्धीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार इश्तियाक राई र राप्रपाका उम्मेदवार डा. धवल शमशेर राणा रहेका छन् । यस चुनावका दुवैजना दावेदारको रुपमा प्रस्तुत भई रहँदा चुनावी निर्णय कतातीर ढल्किन्छ भन्न एकिनका साथ भन्न नसकिने अवस्था चाही रहेको छ ।
तर चुनावी मुखमा राप्रपाभित्र भएको केही विद्रोहले डा. राणालाई असर पार्न सक्ने आकलन लगाउन सकिन्छ । राप्रपाभित्र भएको मनमुटाबका कारण राप्रपा जिल्ला उपाध्यक्ष विन्दु चर्तीमगरले दुई दिनअघि सामाजिक सञ्जालबाट गरेको विद्रोहले केही हलचल भने राप्रपा...









