Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

रुस चीनको नयाँ ग्यास स्टेशन, सी जिंगपिंग रुसबाट सस्तोमा खरिद गर्न चाहन्छन्

रुस चीनको नयाँ ग्यास स्टेशन, सी जिंगपिंग रुसबाट सस्तोमा खरिद गर्न चाहन्छन्

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ कार्तिक – चीनले आफ्नो रणनीतिक भण्डार निर्माण गर्न सस्तो तेल भण्डार गर्दै आएको छ। यसले रूसलाई एक आदर्श स्रोतको रूपमा फेला पारेको छ जहाँबाट सजिलैसँग भारी छुटमा तेल किन्न सकिन्छ। सन् २०२२ मा चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको रुसबाट चीनले तेलमा थप छुट माग गर्ने कुनै अवसर छोडेको छैन। अहिलेको परिप्रेक्ष्यमा रुस र चीनबीचको कूटनीतिक सम्बन्ध दिनप्रतिदिन बलियो बन्दै गएको छ र रुस पूर्ण रूपमा चीनमा निर्भर बन्दै गएको अवस्था छ । फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि, चीनले रूससँग यसको कच्चा तेलको लागि कम खरीददारहरू भएको अवस्थाको बेजोड फाइदा उठायो । केही विदेशी सरकारहरू र कम्पनीहरूले प्रतिबन्धहरू लगाएर आफ्नो ऊर्जा निर्यात बन्द गर्ने निर्णय गरेपछि रुस चीनसंग भर परेको हो । यद्यपि आर्थिक स्वार्थका लागि रुसले युक्रेनमा गरेको अप्रत्याशित आक्रमणको सार्वजनिक रूपमा निन...
भारतीय प्रधानमन्त्री मोदी र संयुक्त राष्ट्र संघ प्रमुख विच युक्रेन विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदी र संयुक्त राष्ट्र संघ प्रमुख विच युक्रेन विषयमा छलफल

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग केभाडिया, गुजरातमा भेटेर युक्रेनको चलिरहेको अवस्था सहित विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका छन् ।प्रधानमन्त्री र यूएनएसजीले युक्रेनको चलिरहेको अवस्था सहित विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा पनि छलफल गरेका छन्,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।पीएम मोदीसँगको भेटमा, संयुक्त राष्ट्रका महासचिवले जलवायु परिवर्तनको क्षेत्रमा विशेष गरी मिशन लाइफको सुरुवात मार्फत भारतको महत्वाकांक्षी पहलहरूको लागि प्रशंसा गरेका थिए । एजेन्सी...
चीनको एम पूर्व मन्त्रीलाई घुस लिएको आरोपमा मृत्युदण्डको सजाय

चीनको एम पूर्व मन्त्रीलाई घुस लिएको आरोपमा मृत्युदण्डको सजाय

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २६ कार्तिक – ६४६ मिलियन युआन भन्दा बढी घुस लिएको आरोपमा सार्वजनिक सुरक्षाका पूर्व उपमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । अक्टोबर १६ मा कम्युनिष्ट पार्टीको महत्वपूर्ण पुनर्गठन हुनु अघि नै यस निर्णय लिइएको थियो । ग्लोबल टाइम्सका अनुसार पूर्व उपमन्त्री सुन लिजुनका सबै राजनीतिक अधिकार खोसिएका छन् र उनको सबै व्यक्तिगत सम्पत्ति जफत गरिएको छ। सनसँग अवैध रूपमा दुई हतियार पनि भेटिएको थियो, ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ। उता सांघाई सरकारका पूर्व उपमेयर र शाङ्घाई सार्वजनिक सुरक्षा ब्यूरोका पूर्व निर्देशक गोङ दाओनलाई हेबेई प्रान्तको ताङ्शान मध्यवर्ती जन अदालतले करिब ७३.४ मिलियन युआन (१०.४ मिलियन अमेरिकी डलर) घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । अर्को मुद्दामा, चोङकिङ नगरपालिका सरकारका पूर्व उपमेयर र चोङकिङ सार्वजनिक सुरक्षा ब्यूरोका पूर्व प्रमुख डेङ हुइलिनलाई ...
नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न

नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न

आस्था, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सर्लाही, २६ कार्तिक – मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्यनजर राख्दै सिमा क्षेत्रबाट अवाञ्छित गतिविधि हुन नदिनका लागि नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको विशेष समन्वय बैठक सर्लाहीको मलंगवामा मंगलवार भएको छ ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुन गईरहदा भारत संग जोडिएका नेपालको महोत्तरी, सर्लाही र रौतहटको सीमा क्षेत्रबाट निर्वाचनलाई प्रभावित पार्ने खालको तत्वहरु माथि कडाईका साथ निगरानी राख्न काउण्टर पार्ट भारत विहार सीतामढीका सुरक्षा अधिकारी अभागी सम्मिलित “जिल्ला स्तरिय सीमा समन्वय बैठक” अहिले सर्लाही सदरमुकाम मलंगवामा आज भएको हो ।नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बीच सुरु भएको जिल्ला स्तरिय सीमा समन्वय बैठकमा प्रमुख रुपमा ६ बुंदे विषयमा गहन छलफल भएको बताइएको छ । कोभिडको कारणबाट विगत दुई बर्ष भन्दा बढि समय देखि गौर बैरगनिया बोर्डरमा सवारी...
प्रधानमन्त्री देउवाकै कारण उर्जा क्षेत्रमा नेपाल फड्को मादै

प्रधानमन्त्री देउवाकै कारण उर्जा क्षेत्रमा नेपाल फड्को मादै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नेपाल विद्युत प्राधिकरणले उर्जाको क्षेत्रमा ठूलो उपलब्ध हासिल गर्न सफल भएको छ ।नेपालको लागि विजुली विक्री गर्ने प्रमुख बजारको रुपमा भारत रहेको हो जसको कारण नेपालमा देउवा सरकारको सानो अवधीमा उर्जा क्षेत्रमा निकै फड्को मारेका छन् । यसका लागि प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ऊर्जा सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालले भारतलाई हाल दैनिक करोडौँको बिजुली विक्री गरिरहेका छन् ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भारत संग विजुली विक्री गर्नमा सहमति रहेको थियो । कार्यकारी निर्देशक घिसिङले भारतसँग नेपाल सरकारले पहिलो पटक देउवाकै पालामा विद्युत् निर्यात गरेको बताउँछन् । उनी भन्छन्, नेपालको जलविद्युतलाई भारतमा निर्यात गर्न सक्यौ । य...
राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका सुरेन्द्र हमाल

राजनीतिक र खेलकुदको संघर्षबाट खारिएका सुरेन्द्र हमाल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, कार्तिक २६ – नेपाली समाजमा यि शब्द सधैँ दोहोरिन्छन्, “संघर्ष नै जीवन हो ।” हो, यस्तै मध्येका एक संघर्षशिल ब्यक्तित्व हुन्, सुरेन्द्रबहादुर हमाल । जसले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडी बढाए र सफल पनि भए । “पुष्कर” उपनामले चिनिने यिनै हमाल आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि बाँके, प्रदेश सभा–२ (२) बाट सशक्त उम्मेदवार बनेका छन् ।नेपाली काँग्रेसले उनलाई उम्मेदवार बनाएको हो । २०७४ सालको निर्वाचनमा कांग्रेसले बाँकेको अन्य सबै निर्वाचन क्षेत्रमा हार बेहोर्दा पार्टीको तर्फबाट निर्वाचित हुने जिल्लाका एक मात्र सांसद थिए, सुरेन्द्र । यिनैले बाँके प्रदेश सभा–२ (२) बाट चुनाव जितेर बाँकेमा नेपाली कांग्रेसको “बीउ” जोगाएका हुन् । हमाल लुम्बिनी प्रदेशको सांसद हुँदै वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत बन्न सफल भए । प्रदेश सांसद र मन्त्री हुँदा उनले बाँकेमा थुप्रै ...
“शालिन ब्यक्तित्व र विकासका कर्मठ” बादशा कुर्मी

“शालिन ब्यक्तित्व र विकासका कर्मठ” बादशा कुर्मी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, कात्तिक २६ – नेपाली काँग्रेसका नेता बादशाह कुर्मी यतिबेला बाँके, प्रदेश सभा–३ (२) मा चुनावी दौडमा छन् । २०६४ र २०७० सालमा दुई पटक समानुपातिक सभासद भएर उनले गरेका कामको आधारमा नै अहिले उनी आफ्नो मुल्यांकन स्वरुप मतदातामाझ पुगिरहेका छन् । “समानुपातिक सभासद भएर मैले आफ्नो संसद विकास कोषबाट जति कामहरु गरे, त्यसको मुल्यांकन गरिदिन मैले मतदातालाई विशेष आग्रह गरिरहेको छु,” पाँच दलिय गठबन्धनका उम्मेदवार कुर्मी भन्छन् ।पार्टीमा गरेको लामो संर्घषका कारण राजनीतिमा फड्को मारेका कुर्मीले क्षेत्र नम्बर २ र ३ (साविक क्षेत्र नम्बर ३ र ४ ) मा गरेका भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा गरेको कामको स्थानीय स्तरमा गर्व गर्न लायक देखिन्छन् । नेता कुर्मीको पहलमा क्षेत्र नम्बर २ र ३ मा थुप्रै सडक निर्माण तथा स्तरउन्नती गरिएको छ । यस्तै कृषिका लागि विभिन्न कामहरु भएक...
‘हमाल कांग्रेस मात्र होइन सबैका उम्मेदवार हुन’ : मतदाता

‘हमाल कांग्रेस मात्र होइन सबैका उम्मेदवार हुन’ : मतदाता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, कात्तिक २६ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्रबहादुर हमाल नेपाली कांग्रेसको मात्र नभएर सबैका उम्मेदवार भएको बताएका छन् । हमाललाई कांग्रेसको उम्मेदवार भन्नुभन्दा पनि हाम्रा उम्मेदवार भनेर भोट दिनुपर्ने उनीहरुको भनाई छ ।वडा नम्बर ११ मा मतदाता भेटघाट गर्न पुगेका हमाललाई जितको शुभकामना दिदैं आफ्नो भोट हमाललाई भएको बताए । कम बोल्ने र धेरै सुन्ने काम गर्ने उम्मेदवारका रुपमा चिनिने हमालका समर्थक यो वडामा धेरै भएको वडा नम्बर ११ कि वडा सभापति रिचा द्धुवेदीले बताईन् । पछिल्लो समयमा नेता कार्यकर्ता लगायत क्रियाशिल सदस्यहरु पनि तात्तिएपछि हमालको पक्षमा नै माहोल बलियो बन्दै गएको उनले सुनाईन् ।‘हाम्रो वडामा त्यसरी आत्तिनुपर्ने अवस्था छैन, उम्मेदवार सँगै घरदैलो गर्ने र भोलीबाट वडाका क्रियाशिल सदस्य तथा स्थानीयहरु आफै घर–घरमा जाने र रुख...
मतदाताको नजरमा राणा, ‘कुनैपनि भ्रष्टाचार र अनियमिततामा संलग्न नभएका योग्य ब्यक्ति’

मतदाताको नजरमा राणा, ‘कुनैपनि भ्रष्टाचार र अनियमिततामा संलग्न नभएका योग्य ब्यक्ति’

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, कात्तिक २६ - काँग्रेस सहित पाँच दलिय गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणा योग्य र सक्षम ब्यक्ति भएको सर्बसाधारणले बताएका छन् । शुक्रबार (आज) बेलुकी नेपालगन्ज वडा नम्बर ११ मा गरिएको घरदैलोका क्रममा उपस्थित सर्बसाधारणले कुनैपनि भ्रष्टाचार, अनियमिततामा नजोडिएका राणाले बाँके क्षेत्र नम्बर २ बाट संघिय संसदमा प्रतिनिधित्व गर्न सक्ने बताए ।क्षेत्र नम्बर २ मा राणाका प्रतिस्पर्धीहरु बीच भ्रष्टाचार र अनियमितताबारे आरोप प्रत्यारोप चलिरहेको छ । तर, काँग्रेसले उठाएका उम्मेदवार राणा कुनै पनि आर्थिक अनियमिततामा संलग्न छैनन् । ‘यो क्षेत्रमा पहिलेदेखि नै कांग्रेस पार्टी बलियो हो, यस पटक पनि सबैले कांग्रेसलाई विश्वास गर्नुहुन्छ भन्ने लाग्छ,’ स्थानीय अनिल श्रेष्ठले भने ‘सुदिप नरसिंह राणाको राजनीतिक र सामाजिक योगदान धेरै छ, राजनीतिक सँस्कार भएका उ...
स्वतन्त्र उम्मेदवार डा. कर्णकाे प्रतिबद्धता सार्वजनिक

स्वतन्त्र उम्मेदवार डा. कर्णकाे प्रतिबद्धता सार्वजनिक

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २५ कार्तिक - नेपालगन्ज बाल मन्दिरको आधारभुत पढाइदेखि प्लास्टिक सर्जरिको मास्टर्स डिग्रीको पढाईसम्म कहिल्यै दोस्रो नभएका बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले नेपालगन्जलाई पनि पहिलो बनाउने सपना बोकेर आफ्नाे प्रतिबद्वता सार्वजनिक गरेका छन् । आज शुक्रबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेपालगन्जलाई सुन्दर हराभरा अनि बिकासको गतिमा अगाडी बढाउने काममा पनि पहिलो हुने बताउँदै त्यसका आधार सहितको आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै डा.कर्णले आफूलाई मर्नुभन्दा पहिला नेपालगन्ज शहरलाई सुन्दर शहरको रुपमा देख्ने रहर भएका बताए । पेसाले चिकित्सक भएता पनि नेपालगन्ज शहरलाई सुन्दर बनाउने अभियानमा उनी अहाेरात्र खटेका छन् । त्यसैले उनको हरेक बोलीमा नेपालगन्जको आत्मिएता झल्किने गरेकाे छ । ‘म नेपालगन्ज शहर...