Thursday, May 7सत्यम खबर
Shadow

काँग्रेसका राणाले जित्ने आधार बलियो बन्यो, रुख चिन्हमा भोट हाल्न कांग्रेस कार्यकर्ता आतुर

नेपालगन्ज, २५ कार्तिक – बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कतिपय नेता, कार्यकर्तामा पाँच दलबीच गठबन्धन भईहाल्यो भने कतै आफ्नो पार्टीको रुख चिन्हमा भोट हाल्न नपाईने हो कि भन्ने चिन्ताले सताउँथ्यो । २०७४ सालको निर्वाचनमा तत्कालिन राप्रपासँग तालमेल गर्दा कांग्रेसका नेता, कार्यकर्ताहरु त्यतिबेला प्रतिनिधी सभा क्षेत्रका लागि रुख चिन्हमा भोट हाल्नबाट बन्चित भएका थिए ।
अहिले पनि पुरानै अवस्था दोहोरिने हो कि भन्ने चिन्तामा रहेका काँग्रेस कार्यकर्ताहरु यसपटक आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने हुँदा हर्षित देखिन्छन् । नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नो पार्टीको चुनाव चिन्ह रुखमा मात्रै भोट हालेमा कांग्रेस उम्मेदवार नै पहिलो हुने निश्चित जस्तै छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाअध्यक्षले प्राप्त गरेको मतका आधारमा यो क्षेत्रमा कांग्रेस ३ हजार मतको अन्तरले अगाडी छ । कांग्रेसको मत १८ हजार, एमालेको दोस्रो नम्बरमा एमाले, तेस्रोमा जसपा देखिन्छ । निर्वाचन आयोगको तथ्यांक अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ मत रहेको छ । यसैगरी एमालेको १५ हजार ४ सय ७८, जनता समाजवादी पार्टीी (जसपा) को १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत छ । नेकपा माओवादी केन्द्रको ६ हजार ८ सय ५९, नेकपा एकिकृत समाजवादीको ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।
अझ यो क्षेत्रमा कांग्रेसलाई माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राष्टिूय जनमोर्चाको पनि साथ छ । कांग्रेस कार्यकर्ता बाहेक यि चार वटा पार्टीका कार्यकर्ताले पनि यसपटक बाँके क्षेत्र नम्बर २ मा रुख चिन्हमा मतदान गर्नेछन् ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ताले ईमान्दारी पुर्वक आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गरेमा काँग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणाले जित्ने निश्चित जस्तै रहेको विश्लेषण भइरहेको छ । यसअघि अलमलमा परेका अधिकांस काँग्रेस कार्यकर्ताहरु अहिले नेपाली काँग्रेसका उम्मेदवार राणाले जित्ने आधार बलियो बनेपछि रुख चिन्हमा भोट हाल्न आतुर देखिएका छन् ।
“गठबन्धन भएपछि पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपाईने हो कि भन्ने चिन्ता काँग्रेस कार्यकर्ताहरुमा थियो, यसपटक पार्टीले आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउने गरी पार्टीकै नेता सुदिपनरसिंह राणालाई उम्मेदवार उठाएका कारण आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने हुँदा अधिकांस हाम्रा काँग्रेसीहरु खुसी देखिन्छ, उनीहरु रुख चिन्हमा भोट हाल्न आतुर छन्,” क्षेत्रीय सभापति रमेश गुप्ताले भने ।
चुनाव जित्ने आधार बलियो भएकाले राणाको चुनावी चर्चा पछिल्लो समयमा ह्वात्तै बढेको छ । चुनावी प्रचारका क्रममा घरदैलो गरिरहेका राणालाई साथ दिन स्थानीय मतदाताले पनि वडा तहमा आफ्नो बलियो उपस्थिती देखाएका छन् । राणा बिहीबार दिनभर जसो चुनावी प्रचारमा ब्यस्त रहे । बिहानैदेखि चुनावी प्रचारमा ब्यस्त रहेका उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का मतदाताको घरदैलोमा पुग्दा स्थानीयको उत्साह पनि त्यत्तिकै देखिन्थ्यो ।
बिहीबार बेलुकातिर वडा नम्बर १० क्षेत्रमा स्थानीयको घरदैलोमा चुनावी अभियान गरिरहँदा राणाको साथमा ठुलो संख्यामा स्थानीय मतदाता, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । गीतको तालमा नाँच्दै गाउँदै राणासहित उपस्थित व्यक्तिहरुले वडामा चुनावी प्रचार गरे ।
चुनावी प्रचारमा राणाको साथमा प्रदेश सभा २(२) का उम्मेदवार सुरेन्द्र बहादुर हमाल पनि उपस्थित भएका थिए । नेपालगन्ज १० मा प्रतिनिधी सभाका उम्मेदवार राणा र प्रदेश सभाका उम्मेदवार हमालको लोकप्रियता देखिन्थ्यो ।
उम्मेदवार राणा बिहीबार बिहान पनि कांग्रेसका नेता कार्यकर्ताहरु सहित नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पुगेर घरदैलो गरेका थिए । पुरैनी क्षेत्रमा गरिएको चुनावी प्रचारका क्रममा उत्साहजनक रुपले प्रचार भएको राणाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *