
नेपालगन्ज, २४ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जले अन्तर्राष्ट्रिय लेखापालन दिवस (इन्टरनेशनल एकाउन्ट्रि डे) मनाएको छ । नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगन्जमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
संस्थाका कर्मचारी, पूर्व पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखा परीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र नेपालगन्ज उद्योग बाणिज्य सघंको पदाधिकारी तथा लेखा विषय अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु तथा सरोकारवालाहरुसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।
प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टि हल रोडबाट सुरु भई त्रिभुवन चोक, चारवाहिनी चोक, गणेशमान चोक, वि.पी. चोक हु“दै पुनःशाखा कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभा कार्यक्रम नेपालगन्ज शाखा कार्यालय प्रमुख देवराज अधिकारीले सञ्चालन गरेका थिए । सभामा संस्थाका पूर्व पार्षद आर.ए अव्दुल करीमखान, नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सि.ए. विश्वराम भण्डारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ बाँकेका अध्यक्ष सि.ए. प्रविण सरावागी तथा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी वलीले अन्तर्राष्ट्रिय लेखा दिवसको महत्व तथा लेखा प्रणालीले व्यापार, व्यवसायको वित्त प्रणालीमा पार्ने प्रभावको विषयमा उजागर गरेका थिए ।
हरेक सफल व्यवसायको लागि एक महान लेखापालको आवश्यकता र लेखापालन नै हरेक सफल व्यवसायको भाषा हो भन्ने निश्कर्ष सहित कार्यक्रमको समापन सि.ए. विश्वराम भण्डारीले गरेका थिए ।
आधुनिक लेखा पद्धतिका पिताका रुपमा परिचित लुका पेसिओलीले सन् १४९४ मा ूभ्खभचथतजष्लन ब्दयगत ब्चष्तजmभतष्अ, न्भयmभतचथ बलम एचयउयचतष्यलूनामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई ‘इन्टरनेशनल एकाउन्ट्रि डे’ को रुपमा मनाइँदै आइएको छ ।
अन्तर्राष्ट्रिय लेखा दिवस पहिलो पटक सन १९७२ मा क्यालिफोर्निया सोसाइटी अफ सीपिएवा इन्स्टिच्युट अफम्यानेजमेन्ट एकाउन्टेन्ट्सको सान डिएगो च्याप्टरले मनाउन सुरु गर्यो । त्यस समयमा, संगठनले लेखा क्षेत्रमा अवसरहरू महसुस गर्न युवा पुस्ताहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको थियो । पछि, सन १९७६ मा अन्य समूहहरूले यस अवसरलाई मनाउन थाले । इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स (आईएफएसी), कनफिडिरेसन अफएसिया एण्ड प्यासिफिक एकाउन्टस (सिएफपीए) तथा साउथएसिया फिडिरेसन अफ एकाउन्टस (एसएएफए) का सदस्य संस्थाहरुले नोभेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ डे को रुपमा मनाउँदै आएका छन् ।
हरेक अन्य पेशा जस्तै लेखामा सकारात्मक विचार गर्नुपर्ने धेरै कुराहरु छन । अन्तर्राष्ट्रिय लेखा दिवसमा, मानिसहरूले लेखाकारहरूको महत्व र कुनै पनि व्यवसायको सहज सञ्चालनमा उनीहरूको योगदानलाई बुझाउन र यस पेशामा रहेका अवसरहरु चिनाउनका साथै लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्न तथा लेखा शिक्षा सम्बन्धी नवीन अवधारणाहरुको विषयमा छलफल गर्न, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्न र लेखा शिक्षाको प्रचारप्रसार गर्न इन्टरनेशनल एकाउन्ट्रि डे मनाउने गरिन्छ ।
