
नेपालगन्ज, २५ कात्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरका स्थानीयले प्रदेशसभा २(२) सदस्य पदका उम्मेदवार सुरेन्द्र बहादुर हमाल नै योग्य र सक्षम भएकाले पुनः सांसदको जिम्मेवारीमा पुर्याउने बताएका छन् । हमाल प्रदेशसभा सदस्य पदमा उम्मेदवारका रुपमा पुनः दोहोरिनु नेपालगन्जबासीका लागि भर्वको कुरा भएको उनीहरुले बताए ।
उम्मेदवार भएपछि आफुहरु उत्साहित भएको स्थानीय बताउँछन् । हमालको घरदैलो तथा मतदाता भेटघाट अभियान जति तिब्र रुपमा अगाडी बढेको छ, त्यति नै मतदाता पनि उत्साहित देखिएका छन् ।
‘प्रदेश सभा सदस्य पदका लागि सुरेन्द्र हमाल पुनः उम्मेदवार बन्नु नेपालगन्जबासीका लागि गर्वको कुरा हो, उहाँ निर्वाचित भएपछि अधुरा कामहरु पुरा हुने हामीलाई विश्वास छ,’ ति स्थानीयले भने ।
नेपालगन्ज १० आदर्शनगरमा घरदैलो तथा मतदातालाई भेट्न पुगेका उम्मेदवार हमाललाई आदर्शनगरबासीले जितको अग्रिम शुभकामना दिदैं आफुहरुले पूर्ण रुपले साथ दिने प्रतिवद्धता जनाएका थिए । नेपालगन्जमा सुरेन्द्र हमाल जत्तिको आदर्शवान र निस्किलंकित उम्मेदवार प्रदेश सभामा अन्य उम्मेदवार नभएको स्थानीय बताउँछन् ।
