Thursday, May 7सत्यम खबर
Shadow

खेलाडीको नजरमा हमाल : ‘खेलाडी र खेल क्षेत्रलाई उत्प्रेरणा दिने ब्यक्ती’

नेपालगन्ज, २४ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्मायो । यही ठाउँमा जन्मिएर खेल क्षेत्र, समाजसेवा र राजनीतिलाई अगाडी बढाएका हुन्, सुरेन्द्र हमालले । त्यसैले धेरै खेलाडी भएको वडाका रुपमा समेत चिनिन्छ, नेपालगन्ज वडा नम्बर २ । उक्त वडाका युवा तथा खेलाडीले वडा नम्बर २ मा धेरै खेलाडी हुनुमा हमालकै उत्प्रेरणा भएको बताउँछन् ।
हमालकै उत्प्रेरणा र उनीबाट प्रभावित भएर नै वडा नम्बर २ मा धेरै खेलाडी जन्मिएको र ति खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको सुटिङका अन्तर्राष्ट्रिूय खेलाडी बदरुद्धिन अन्सारी बताउँछन् ।
उनी भन्छन्, ‘भारत्तोलनका ओलम्पियन सुरेन्द्र हमाल ज्युको प्रेरणाले धेरैलाई खेल क्षेत्रमा डोर्यायो, हामी पनि उहाँबाटै प्रभावित भएर खेल क्षेत्रमा प्रवेश गरेका हौं, उहाँ(सुरेन्द्र हमाल)ले खेलाडीलाई जहिले पनि आफुले जानेका कुरा सिकाउनु भयो ।’
वडामै भारत्तोलनका ओलम्पियन हमाल भएपछि आफुहरुमा झन उत्साह जागेर आएको अधिकांस खेलाडी बताउँछन् । ‘सकारात्मक सोच र बिचार भएका हमालले खेल क्षेत्रमा ठूलो योगदान दिनुभएको छ’, अन्सारीले भने ‘नेपालगन्ज वडा नम्बर २ ले यस्तो व्यक्तिलाई सांसदको उम्मेदवारका रुपमा पाउनु हाम्रो लागि गर्वको कुरा हो, हाम्रो लागि यो भन्दा अगाडी पनि धेरै काम गर्नु भएको थियो र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पनि उहाँले खेल क्षेत्रमा उत्तिकै योगदान दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’
सालिन र भद्र स्वभाव भएका हमाललाई जिताउन यसपटक पनि सबै खेलाडी एकै ठाउँमा उभिएको अन्सारीले सुनाए । ‘उहाँ निर्वाचित भएपछी खेल क्षेत्रका अधुरा काम पूरा हुनेमा हामी विश्वत छौं, त्यसैले पनि हामी हमाललाई भोट हाल्छौं र उहाँलाई जिताउँछौं,’ अर्का खेलाडीले भने । उम्मेदवार हमालले बिहीबार बिहान वडा नम्बर २ मा घरदैलो तथा भेटघाट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *