Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

मनिकापुरमा एमाले–राप्रपाको संयुक्त चुनावी सभा

मनिकापुरमा एमाले–राप्रपाको संयुक्त चुनावी सभा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ कार्तिक - नेपालगन्ज उपमहानगरपालिका वडा नंं.२० मनिकापुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । आमसभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्शेर राणाले चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्न आममतदातालाई आग्रह गर्नुभयो । ‘निर्वाचनको बेला पैसा, धोती र चामल बाँड्ने दलाल घर–घर छिर्ने क्रम सुरु भएको छ,भोट किनेर चुनाव जितौला भन्ने खवाफ कसैले नगरे हुन्छ’, उहाँले भन्नुभयो,‘अव जनता सचेत भईसकेका छन् आफ्नो वुद्धिमतापूर्ण निर्णयले मततान गर्नेछन्।’ बाँके क्षेत्र नं. २ मा नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवार जिताउन वडावासी जनताहरु अझ चनाखोपूर्ण तरिकाले लाग्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादवले बाँके क्षेत्र नं. २ को समग्र विकास र समृद्धिक...
स्वतन्त्र उम्मेदवार इरफान शेषले गरे बृहत र्‍याली सहित शक्ति प्रदर्शन, प्रहरी प्रशासनले झण्डा तानेपछि समर्थक आन्दोलित

स्वतन्त्र उम्मेदवार इरफान शेषले गरे बृहत र्‍याली सहित शक्ति प्रदर्शन, प्रहरी प्रशासनले झण्डा तानेपछि समर्थक आन्दोलित

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ कार्तिक - बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार इरफान शेष र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले आफ्ना क्षेत्रमा चुनावी अभियानलाई तिब्र बनाउँदै शनिवार संयुक्त रुपमा बृहत र्‍याली सहित शक्ति प्रदर्शन गरेका छन् । नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको र्‍याली शहरका बिभिन्न चोक हुँदै वरीपरीका गाँउहरुमा पसेको थियो । यस क्षेत्रका किसान मजदुर, पिडित आटो रिक्सा, नगरिकता विहिन, भुमिहिन, व्यापारी लगायतका जनसमुदायको सहभागितामा भब्य र्‍याली प्रदर्शन सम्पन्न भएको प्रचारप्रसार संयोजक जोया शेषले जानकारी दिइन । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार शेषलाई चुनाव चिन्ह डोजर प्रदान गरेको छ । आफ्नो चुनाव चिन्ह डोजरको प्रचारप्रसार गर्दै उनले र्‍यालीमा डोजर नै प्रयोग गरेका थिए । उम्मेदवार शेष र साईले डोजरमा चडेर जनता समक्ष स...
नेपालगन्ज-१५ का स्थानीयलाई हमालबाट विकासको अपेक्षा

नेपालगन्ज-१५ का स्थानीयलाई हमालबाट विकासको अपेक्षा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, कार्तिक २६ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का स्थानीय बासिन्दाले बाँके प्रदेश सभा -२ (२) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र बहादुर हमालले जसरी पनि जित्नुपर्ने बताएका छन् । ‘सुरेन्द्र हमालले अघिल्लो पटक सांसद हुँदा धेरै राम्रा काम गर्नु भएको छ, उहाँबाट फेरी पनि विकास हुने अपेक्षा गरेका छौं, उहाँलाई फेरी पनि हामीले जिताउने हो,’ स्थानीयले भने । यस क्षेत्रको विकास गर्ने उम्मेदवार हमाल जस्तो अरु कोही नभएको स्थानीयको भनाई छ । हमाल नै प्रदेश सभा सदस्य पदमा सक्षम र योग्य उम्मेदवार भएकाले जनताले पुनः एक पटक जिम्मेवारीमा पुर्याउने नेपालगन्ज १५ का सभापति जाबिर अलि बेहनाले बताए । हमाल आफै मतदातालाई भेट्न वडामा पुगेपछि यहाँका स्थानीय बासिन्दा निकै उत्साहित भएको उनले बताए । ‘हामीले हमालबाट नै विकासको आशा गरेकाले उहाँलाई नै जिताउने हो,’ मतदाता भन्छन् । उम्मेदवार हमालले ...
‘यसपटक काँग्रेसलाई विश्वास गर्नुस्, हामी धोका दिन्नौं’ : उम्मेदवार राठौंर

‘यसपटक काँग्रेसलाई विश्वास गर्नुस्, हामी धोका दिन्नौं’ : उम्मेदवार राठौंर

आस्था, प्रदेश ५, राजनीति, समाचार
बैजनाथ, कार्तिक २६ - नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले बाँके क्षेत्र नम्बर ३ मा यसपटक जनताले काँग्रेसलाई विश्वास गरेमा धोका नपाउने बताएका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित एलबी चोकमा आयोजित चुनावी कार्यक्रमलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले काँग्रेस सहित गठबन्धनका उम्मेदवारले जनताको अमुल्य मतलाई खेर जान नदिने प्रतिवद्धता जनाए । ‘हामीलाई एक चोटी विश्वास गर्नुस्, धोका पाउनु हुनेछैन, मैले आफ्नो राजनीतिक जीवनको ४० वर्षमा कसैलाई झुठो बोलेको छैन, ढाँटेको छैन, ठगेको छैन, म झुठो नबोल्ने, नढाट्ने नेतामा पर्छु,’ उनले भने । विगत १० वर्षसम्म एमालेले क्षेत्र नम्बर ३ का जनतालाई धोका मात्रै दिएको प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राठौंरले बताए । ‘दश वर्षसम्म एमालेले धोका दियो तपाईहरु विश्वास गर्नुभयो, हामीलाई तपाईहरुले यो पटक विश्वास ग...
राणाको पक्षमा मतदाता खुल्दै

राणाको पक्षमा मतदाता खुल्दै

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज २६ कार्तिक - सुदीप नरसिंह राणा, जो बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन् । उनी चुनावी प्रचारप्रसारमा तीव्ररुपमा लागि रहँदा उनको पक्षमा मतदात खुल्दै गएका छन् । शनिबार नेपालगन्जको वडा नम्बर–२० र वडा नम्बर–१५ क्षेत्रमा चुनावी प्रचार गरिरहँदा उनलाई स्थानीयले साथ दिने प्रतिबद्धता दिनुका साथै रुखमा भोट हाल्न पाउँदा खुशी व्यक्त गरे । त्यस्तै चुनावी प्रचारका क्रममा पार्टीका नेता तथा कार्यक्रता मात्र होइन स्थानीयबासीको उल्लेखनीय सहभागिता हुने गरेकोछ । चुनावी प्रचारमा उनीसगैं प्रदेश सभा–२ (१) सदस्य राजकुमार बर्मा र प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल पनि त्यत्तिकै उत्साहित देखिन्छन् । चुनावी प्रचारका क्रममा स्थानीयको साथमा रुखमा भोट हाल्ने प्रतिबद्धता सुन्दा प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम काँग्रेसको पक्षमा रहेको उनी...
स्वतन्त्र उम्मेदवार डा.कर्णप्रति मतदाताकाे विश्वास बढ्दै

स्वतन्त्र उम्मेदवार डा.कर्णप्रति मतदाताकाे विश्वास बढ्दै

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ कार्तिक - बाँकेको क्षेत्र नम्बर २ (ख) जसलाई अहिले क्षेत्र नम्बर २(२) रुपमा निर्वाचन आयोगले परिचित गरेको छ । जहाँबाट आफ्नो स्वातन्त्र उम्मेदवार दिएका स्वास्थ्य क्षेत्रमा लामो समय सकृय डा. विनोद कर्णको चर्चा राम्रै भएको अनुमान लगाउन सकिन्छ । डा. कर्ण नेपालगन्ज सहरमा लामो समयदेखि सरसफाइको अभियानमा सक्रिय व्यक्ति हुन् । जो नेपालगन्जलाई सुन्दर सहरको रुपमा देख्न चाहन्छ भने हरेक व्यक्ति स्वास्थ्यको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राख्दछन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा पनि दुर्घटना भएका व्यक्तिदेखि ज्येष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य उपचारको एजेण्डा बोकेका छन् ।समय सान्दर्भिक आफ्ना एजेण्डा र चुनाव चिन्ह ‘बल्भ’ लिएर मतदातको घरदैलो पुगिरहेका डा.कर्णको चुनावी प्रचारको प्रभाव र प्रतिक्रिया पनि राम्रो रहेको अनुमान लगाउन सकिन्छ । चुनावी प्रचार अभियानका क्रममा डा. कर्ण जहाँ–जहाँ पुगिरह...
सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार

सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेट चलिरहेको छ। नोभेम्बर ५ को दिन वर्तमान विश्व क्रिकेटका सर्वोत्कृष्ट क्रिकेटर विराट कोहलीको जन्म दिन थियो। उनलाई विश्वभरका लाखौँ क्रिकेटरले शुभकामना दिए। करोडौँ क्रिकेटप्रेमीका लागि उनी रोलमोडल हुन्। अष्ट्रेलियामा रहेका कोहलीले विभिन्न जन्मदिन विशेष कार्यक्रममा सरिक भए। तर उनले आफ्नो जन्मदिन आफैँ मनाउन भने सकेनन्। बीसीसीआईले पनि उनको जन्मदिन विशेष मनाउन पाएन। कारण थियो, विश्वकप क्रिकेट। भोलिपल्ट मात्रै थाहा भयो, कोहलीले टी–ट्वान्टी विश्वकप ट्रफी उचालेपछि मात्रै जन्मदिन मनाउने घोषणा गरेका रहेछन्। तर त्यो उनको सोच र घोषणा भने घोषणामै सीमित भयो। कोहली यसै विश्वकपदेखि ३४ वर्ष लागेका छन्। तर पनि उनी क्रिकेटका तीन वटै संरचनामा उत्तिकै उत्कृष्ट छन्। त्यही अनुसार ब्याटिङ गरिरहेका छन्। अष्ट्रेलिया विश्वकपमा उनले सर्वाधिक रन बन...
पाकिस्तानमा १,००० भन्दा बढी अल्पसंख्यकलाई जबरजस्ती धर्म परिवर्तन

पाकिस्तानमा १,००० भन्दा बढी अल्पसंख्यकलाई जबरजस्ती धर्म परिवर्तन

अपराध, आस्था, धार्मिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ कार्तिक – हिन्दू, सिख र ईसाई केटा र केटीहरूले पाकिस्तानमा अपहरण र जबरजस्ती इस्लाम धर्म परिवर्तनको सामना गरिरहेका छन् । धार्मिक अल्पसख्यंकहरुका लागि पाकिस्तान सबैभन्दा जोखिमपूर्ण ठाँउ भएको छ । पाकिस्तानमा धार्मिक अल्पसख्यंक नाबालिग केटीहरूलाई पनि प्रायः पूर्व-नियन्त्रित विवाह गर्न बाध्य पारिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । सन् २०२१ को नयाँ तथ्याङ्कअनुसार वर्षेनी एक हजारभन्दा बढी मुद्दाहरू रेकर्ड भइरहेकाले स्वदेश तथा विदेशमा रहेका मानवअधिकार निकायहरूमा चिन्ता बढेको छ । बहुसंख्यक हिन्दुहरू बसोबास गर्ने सिन्ध प्रान्तको भित्री भागमा नाबालिग हिन्दू केटीहरूलाई बारम्बार जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारिएको र जबरजस्ती इस्लाम केटासंग गराइने विवाह प्रमुख समस्या बनेको छ। हिन्दुका अलावा अन्य धर्महरु जस्तै सिख र ईसाईहरूका लागि पनि अवस्थाहरू फरक छैनन्। सिन्धमा भर्खरैको एउटा घटना...
आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव

आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – सप्तरी-२ मा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई यसपटक जित निकाल्न निकै सकस भइरहेको छ। उनविरुद्ध सिके राउतले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेसँग तालमेल गरे पनि उनलाई मत पाउने सम्भावना निकै कम छ। यसअघि स्थानीय निर्वाचनमा छोराको पराजय देखेका जसपा अध्यक्ष यादव आफ्नो व्यक्तिगत स्वार्थका लागि जससँग पनि तालमेल गरी घाँटी जोड्न पुग्‍ने उनको राजनीतिक नीति र सिद्धान्त कमजोर भएको भन्दै मतदाताहरु पनि उनीसँग सन्तुष्ट छैनन्। जसका कारण उनी आफू चुनाव जित्‍नका लागि जुनसुकै हतकण्डा अपनाउन पनि तयार देखिन्छन्। उनले समाजमा अलि प्रभाव भएका सरकारी कर्मचारी, शिक्षक र चिकित्सकहरुलाई दबाब सिर्जना गर्दै प्रचार-प्रसारमा हिँडाउने गरेका छन्। उनले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै यस्तो कदम चालिरहेका छन्। उनको चुनावी प्रचार-प्रसारमा सहभागी भएको भन्दै रामर...
यादववादको नाममा चुनाव जित्ने उपेन्द्र यादवको दाउ

यादववादको नाममा चुनाव जित्ने उपेन्द्र यादवको दाउ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – चुनाव जित्न मुस्किल पर्ने भएपछि मानसिक तनावमा परेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्नको लागि दुई वटा रणनीति बनाएका छन् । यसपटक यादवले सप्तरी २ मा उम्मेदवारी दिएका छन् । २०७४ को प्रतिनिधि सभा र गत स्थानीय तहमा पार्टीहरुले ल्याएको भोटलाई आधार मान्ने हो भने यतिबेला उनी निकै कमजोर बनेका छन् । स्रोतका अनुसार उपेन्द्रले सप्तरी २ मा सबै पार्टीका यादव समुदायको सहानुभूति लिएर चुनाव जित्न खोज्दैछन् । त्यहीकारण अहिले उनले भोट माग्न जाँदा जात र समुदायको कुरा उठाउने गरेका छन् । पार्टीभित्र उनले यादववाद राम्रोसँग लागु गरेका छन् । पार्टीभित्र छानी छानी यादवलाई मात्र अवसर दिने गर्छन् । तर उनको यो ‘यादववाद’ को ढोंग पार्टीभित्र मात्र लागु भएको छ । पार्टी बाहिरका यादव उनको लागि प्रिय छैनन् । उदाहरणको लागि धनुषा ४ मा एमालेका रघुवीर महासेठविरुद्...