Monday, May 4सत्यम खबर
Shadow

स्वतन्त्र उम्मेदवार इरफान शेषले गरे बृहत र्‍याली सहित शक्ति प्रदर्शन, प्रहरी प्रशासनले झण्डा तानेपछि समर्थक आन्दोलित

नेपालगन्ज, २६ कार्तिक – बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार इरफान शेष र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले आफ्ना क्षेत्रमा चुनावी अभियानलाई तिब्र बनाउँदै शनिवार संयुक्त रुपमा बृहत र्‍याली सहित शक्ति प्रदर्शन गरेका छन् ।

नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको र्‍याली शहरका बिभिन्न चोक हुँदै वरीपरीका गाँउहरुमा पसेको थियो । यस क्षेत्रका किसान मजदुर, पिडित आटो रिक्सा, नगरिकता विहिन, भुमिहिन, व्यापारी लगायतका जनसमुदायको सहभागितामा भब्य र्‍याली प्रदर्शन सम्पन्न भएको प्रचारप्रसार संयोजक जोया शेषले जानकारी दिइन ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार शेषलाई चुनाव चिन्ह डोजर प्रदान गरेको छ । आफ्नो चुनाव चिन्ह डोजरको प्रचारप्रसार गर्दै उनले र्‍यालीमा डोजर नै प्रयोग गरेका थिए । उम्मेदवार शेष र साईले डोजरमा चडेर जनता समक्ष सम्बोधन गर्दै नगर परिक्रमा गरेका हुन ।

र्‍याली पदर्शन गर्दै राँझा चोक पुगेको भिडमा प्रहरी प्रशासनले झण्डा निकाल्न खोजे पछि उनीहरु माथि नै हावी भएको थियो । सिमित प्रहरी प्रशासनको जनशक्तिले झण्डा झिक्न थाले पछि उम्मेदवार शेषका समर्थक आन्दोलनमै उत्रिन तयार भएका थिए । भिडले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्न थाले पछि झण्डा फिर्ता गरिएको थियो ।

यस अघि पनि उनले भव्य र्‍याली प्रदर्शन गरेका थिए । जसमा उनले करिब १० हजारको संख्यामा समर्थनमा र्‍याली प्रदर्शन गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *