Friday, July 3सत्यम खबर
Shadow

आस्था

लकडाउनको विरोधमा तिब्बतीहरुलाई संगठित हुने अवसर आएको तिब्बती विद्धवानको भनाई

लकडाउनको विरोधमा तिब्बतीहरुलाई संगठित हुने अवसर आएको तिब्बती विद्धवानको भनाई

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – तिब्बती विद्वान तथा अभियन्ता डा. ग्याल लोले लक्जेम्बर्गमा एक अन्तर्वार्तामा तिब्बत र चीनमा भएको लकडाउन विरोधी आन्दोलन तिब्बत र अन्य अल्पसंख्यक समुदायलाई केन्द्रमा राख्‍ने र सरकारको नीति कस्तो रह्यो भन्ने विषयमा छलफल गर्ने अवसर भएको बताए। चीनले दशकौंदेखि तिब्बतीहरुको अधिकार खोसेखको उल्लेख गर्दै उनले निर्णायक समयलाई ध्यानमा राख्दै, पश्चिमी र युरोपेली देशहरूले चीनलाई मानव अधिकारको रेकर्डमा दबाब दिन थप ऐक्यबद्धता देखाउनुपर्ने बताएका छन्। ईयू परिषद्का अध्यक्ष चाल्र्स मिशेलले बिहीबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटका क्रममा पनि यस विषयलाई उठाउनुपर्ने पनि उनले बताएका छन्। ‘उनीहरूले आगो बढाए। यदि हामीले चीनमाथि दबाब बढाएनौं भने, खेल समाप्त हुन गइरहेको छ,’ प्रोफेसर लोले चलिरहेको विरोधको बारेमा भने। डा. ग्याल लो तिब्बत एक्शन इन्स्टिच्युटको प्रतिवेदनका प्राथमिक ...
चिसोमा जिवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण

चिसोमा जिवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ पौष – चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकषर्ण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज विहीबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयद्धारा देशका पश्चिम जिल्लाहरुमा एक्कासी बसेको चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुन थालेको छ । सो कुरालाई मध्यनजर गर्दै ५ बुंदे ध्यानाकषर्ण गराइएको हो ।शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिकको जिवन रक्षार्थ प्र...
गौरवको सम्झनामा फाउण्डेशनद्वारा विविध कार्यक्रम

गौरवको सम्झनामा फाउण्डेशनद्वारा विविध कार्यक्रम

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – गौरवव स्मृति तथा वि योर सेल्फ पाउण्डेशन एउटा निस्वार्थ रुपमा सञ्चालन रहेको सामाजिक संस्था हो । जसको मुख्य उद्देश्य समाजमा चेतना लगाउनुका साथ साथै कही कतै कसलाई पीडा भएको छ भने महम लगाउन तमतयार भई तदारुकताका साथमा जुट्नु । हाल यस्तै यस्तै गतिविधिले गर्दा बाँके जिल्लामा मात्र नभई अन्यत्र समेत आफ्नो पहिचान बनाउन सफल गौरव स्मृति एण्ड वि योर सेल्फ फाउण्डेशनले महिलाहरुको समस्यालाई ध्यानमा राखी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को अवधी भाषी बाहुल्यता रहेको स्थानमा “सेवा नै धर्म, स्वास्थ्य नै जीवन” भन्ने ध्यायका साथ महिनावारी सम्बन्धी सचेतिकरण तथा निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त महिनावारी सम्बन्धी सचेतिकरण तथा निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राजकुमार साहुले यस्तो खाले कार्यक्रमले ...
विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि खत्रीको पहल

विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि खत्रीको पहल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १४ पौस – लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाउनु भएको छ ।नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३(१) का निर्वाचित सांसद खत्री बुधबार पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख गोविन्द महतारा सहित बैजनाथ गाउँपालिकाका विभिन्न वडामा पुग्नु भएको छ । सांसदमा निर्वाचित भएपछि खत्री पहिलो पटक सम्वद्ध कार्यालयका प्रमुख सहित निर्वाचन क्षेत्रमा पुग्नु भएको हो । खत्रीले वडा नम्बर १,२,३,४,५ र ७ का विभिन्न स्थानमा तत्काल गर्न सकिने सडक तथा पक्कि पुल निर्माणको बारेमा स्थलगत अनूगमन गरि जानकारी लिनु भएको हो ।सांसद खत्रीको अनुरोधका आधारमा पूर्वाधार विकास कार्यालयले सडक तथा पुल निर्माणका लागि तत्कालै डिपिआर बनाउने भएको छ ।सो अवसरमा प्रदेश सांसद खत्री र कार्यालय प्रमुख महतारालाई एमाले नेता तथा निवर्तमान गाउँपा...
नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा 

नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा 

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १३ पौष – नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगन्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेसँगै यहाँका २३ वटै वटा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्नेछ ।इन्टरनेट शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३ लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्याइएको बताउनुभयो । उहाँले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताउनुभयो । “तपाईंहरु पनि अब सूचना प्रविधिसंग जोडिनुभएको छ, सूचनाको अधिकार ...
व्यवसायीहरूद्वारा दाेस्राे चरणकाे आन्दाेलन शुरू

व्यवसायीहरूद्वारा दाेस्राे चरणकाे आन्दाेलन शुरू

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ पाैष - नेपालगन्जका उद्योगी, ब्यवसायीहरूद्वारा दोस्रो चरणकाे आन्दोलन सहित सडक उत्रिएका छन् । नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको आरोप लगाउँदै नेपालगन्जका उद्योगी, ब्यवसायीहरु सडकमा धर्नासहित दाेस्राे चरणमा आन्दाेलित भएका हुन । बैंकको चर्को व्याज, राष्ट्र बैंकको “अव्यवहारिक नीति” ले आफुहरुलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको आराेप लगाउँदै नेपाल राष्ट्र बैंक नेपालगन्जस्थित कार्यालय अगाडी व्यवसायीले सडकमा धर्ना शुरु गरेका हुन् । हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म उद्योगी व्यवसायीहरुको आन्दोलन नरोकिने उद्योगी व्यवसायीले बताएका छन् । प्रतिनिधीसभा सदस्यका नवनिर्वाच...
प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यकाे छैठाैं पुण्यतिथीमा सहभागीद्वारा श्रद्धाञ्जली

प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यकाे छैठाैं पुण्यतिथीमा सहभागीद्वारा श्रद्धाञ्जली

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ पाैष - प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यलाई आईतवार छैठौं वार्षिक पुण्यतिथिमा सहभागीहरूद्वारा अश्रुपुरित श्रद्धाञ्जली अर्पण गरिएको छ ।प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज–७, बाँकेले स्व. श्री वैश्यको रानीतलाउ शहीद दशरथचन्द मार्गस्थित निज निवास अगाडि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।यो श्रद्धाञ्जली कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष तथा उनका छाेरा अजयकुमार गुप्ताको पहलमा भएको हो । आईतवार साँझ ५ बजे आयोजित भएको सो कार्यक्रम रानीतलाउ वडा नं. ८ मा रहेको बागेश्वरी ब्रास बैण्डका बैण्ड मास्टर नीरज वंशकारले राम धुन बजाई शुभारम्भ गरेका थिए ।सो पछि स्व. राम गोपाल वैश्यका साईंला भाई सुरेशकुमार गुप्ताले पहिले स्व. वैश्यको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो पछि उहाँका घनिष्ठ मित्र लालचन्द शर्मा, अवधी पत्रक...
नर्सिङ्ग होमका कर्मचारी आन्दोलनमा

नर्सिङ्ग होमका कर्मचारी आन्दोलनमा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ पौष – आजदेखि विगतमा भए गरिएका सहमतीहरुलाई कार्यान्वयन नगरिएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सि· होमका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।नर्सिङ्ग होमका कर्मचारी संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठनका सभापति रत्ना गिरी तथा महासचिव के.पी. घिमिरेद्वारा जारी विज्ञाप्तीमा “लर्ड बुद्ध एजुकेशनल एकेडमी लि. नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज मध्य तथा सुदूर पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक स्वास्थ्य संस्था भएको सर्व विदितै छ । यस संस्थामा करिब १४०० जना चिकित्सक तथा कर्मचारीहरु कार्यरत रहेका छौं । २०७८ असार ९ गते यस संस्थामा रहेका कर्मचारी युनियनहरुले विभिन्न माग राखि आन्दोलन गरे पश्चात २०७९ बैशाख १० गते कर्मचारी युनियन, व्यवस्थापन पक्ष र श्रम तथा रोजगार मन्त्रालय काठमाण्डौका बिच ७ बूँदे सहमति भएको थियो” उल्लेख गरिएको छ ।विज्ञप्तीमा अगाडी भनिएको छ...
रासायनिक मल सहज गर्न सहकार्य

रासायनिक मल सहज गर्न सहकार्य

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ पौष – सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले समयमै किसानले मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै यहाँको बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि समन्वयसमेत गरेको छ । बागलुङ नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखाबीच मल आपूर्तिलाई सहज बनाउँदै वितरण मूल्यलाई वैज्ञानिक ढङ्गले कार्यान्वयन गर्ने गरी सहमति गरेको छ । नगरपालिकाभित्रका किसानलाई महलको सहज आपूर्ति गराउँदै उचित मूल्यमा सरकारले अनुदानमा दिएको रासायनिक मल दिने गरी सहमति भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा अनुदानमा रासायनिक मल व्यवस्थापनका लागि बनेको स्थानीय समितिका संयोजक र...
बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व सतर्क

बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व सतर्क

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – विश्वको आर्थिक महाशक्ति बन्ने महत्वाकांक्षा बोकेको चीनको संलग्नतामा अनपेक्षित रुपमा श्रीलंकाको अर्थतन्त्र टाट पल्टिनु, कडा शर्तको ऋण तिर्न नसकेर बन्दरगाह नै लिजमा दिनुले चीनप्रति सिंगो विश्व समुदाय नै रक्षात्मक अवस्थामा पुगेको छ । दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका र पाकिस्तान चिनियाँ भर पर्दा टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसमा पनि बेल्ट एण्ड रोड इनिशिएटिभ’ अन्तर्गत चीनको ऋण पासोमा श्रीलंकामा आएको सबैभन्दा खराब वित्तीय संकट अन्तर्राष्ट्रिय समुदाय र विशेगरी प्रजातान्त्रिक विश्‍वका लागि सबैभन्दा ठूलो पाठ बनेको छ । यो उदाहरणले चीनको ऋण जालमा परेका र पर्न लागेका साना मुलुक झस्किएका छन् । बीआरआईअन्तर्गत चीनको अपारदर्शी रणनीतिक पूर्वाधार विकास कार्यक्रमका पीडितहरूको सूची आगामी दिनमा बढ्दै जाने र ऋणको जालमा पर्ने जोखिमको सामना गर्ने अधिकांश लोकतान्त्रिक संसारका सान...