Saturday, April 18सत्यम खबर
Shadow

व्यवसायीहरूद्वारा दाेस्राे चरणकाे आन्दाेलन शुरू

नेपालगन्ज, ११ पाैष – नेपालगन्जका उद्योगी, ब्यवसायीहरूद्वारा दोस्रो चरणकाे आन्दोलन सहित सडक उत्रिएका छन् ।

नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको आरोप लगाउँदै नेपालगन्जका उद्योगी, ब्यवसायीहरु सडकमा धर्नासहित दाेस्राे चरणमा आन्दाेलित भएका हुन ।

बैंकको चर्को व्याज, राष्ट्र बैंकको “अव्यवहारिक नीति” ले आफुहरुलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको आराेप लगाउँदै नेपाल राष्ट्र बैंक नेपालगन्जस्थित कार्यालय अगाडी व्यवसायीले सडकमा धर्ना शुरु गरेका हुन् ।

हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म उद्योगी व्यवसायीहरुको आन्दोलन नरोकिने उद्योगी व्यवसायीले बताएका छन् ।

प्रतिनिधीसभा सदस्यका नवनिर्वाचित संसद डा. धवल शम्शेर राणाले उद्योगी व्यवसायीहरुको नेपालगन्जमा दोस्रो चरणको आन्दोलनमा सहभागी भएको बताउँदै उद्योगी व्यवसायीहरु कडा रुपमा चर्को नारा लगाएर सरोकारवालाहरुलाई न घचघच्याउदा सम्म उद्योगी व्यवसायीहरुको पीडा र आवाज आन्दोलनमै सिमीत रहने बताउनुभएको छ ।

उहाँले उद्योगी व्यवसायीहरुको पीडालाई बिश्लेषण गर्दै उद्योगी व्यवसायीहरुको आन्दोलनमा सहभागीहुने प्रतिबद्धता जाहिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *