Friday, July 3सत्यम खबर
Shadow

आस्था

श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन भारत, बंगलादेशको सुझाव

श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन भारत, बंगलादेशको सुझाव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – भूराजनीति र दक्षिण एसियामा बीआरआई नामक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै श्रीलंकाका प्रतिनिधिले चिनियाँ विश्वव्यापी पूर्वाधार योजना बेल्ट एण्ड रोड इनिसिएटिभले आफ्नो देश आर्थिक संकटमा परेको स्वीकार गरेका छन् । यस्तै बंगलादेशी प्रतिनिधिलेसमेत बीआरआईको महँगो ऋण लगानी देशको अर्थव्यवस्थाका लागि खतरा हुन सक्ने बताएका छन् । गत शुक्रबार राजधानीमा आयोजित सेमिनारको प्यानल छलफलमा बोल्दै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डिन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले बीआरआईलाई लिएर नेपाल सजग रहनु पर्ने बताए । दक्षिण एसियामा बीआरआई चुनौती र नेपालको स्थितिसीईएसआईएफका कार्यकारी अध्यक्ष एवं अनुसन्धान सल्लाहकार रहेका डेनमार्कका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले सञ्चालन गरेको छलफलमा भारतका प्रोफेसर श्रीकान्त कोन्डापल्लीसहित सीआईएफका ...
चीनले कांग्रेसकाे पालामा रसुवागढीमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री आएपछि खोल्यो

चीनले कांग्रेसकाे पालामा रसुवागढीमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री आएपछि खोल्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – विगत ३ बर्षदेखि काेरानाकाे कारण देखाउदै चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै अर्को दिन चीनले रसुवागढी नाका खोलेको छ । कम्युनिष्ट सरकार बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङका दूतहरु चुनावदेखि नै सल्बलाइरहेका थिए । जब प्रचण्ड प्रधानमन्त्री भए तब चीनले झन्डै ३५ महिनापछि रसुवागढी नाका खोलेको हो । नाका खुलेसँगै आज नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीको बहाना बनाउँदै चीनले नाका बन्द गरेको जनाएको थियो । जबकि चीनमा ‘शून्य कोभिड नीति अपनाएको चीनले कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिन दश लाख भन्दा बढी संक्रमित भएका दिनै नाका खोलेको हो । मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसक...
पहिलो बैठकमै प्रचण्ड–रविबीच ठाकठुक

पहिलो बैठकमै प्रचण्ड–रविबीच ठाकठुक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान गरे। आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे। मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी थिए। प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका हुन्। बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न भनेका थिए। अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे। तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ। बैठकमा केही अ...
विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुन सक्ने बताएका छन् । एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले आफूले विदेश भ्रमणको थालनी भारतबाट गर्ने बताएका हुन् । उनले आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर बधाई दिएको पनि खुलाए। उनले भने ‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई पहिलो बधाई भारतीय राजदूतले फोन गरेर दिएका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्रीले ट्विट गरेर बधाई दिनुभयो। नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ। हामीले मिलेर कयौँ काम गर्नुछ। त्यो काममा हामी लाग्नेछौँ। र प्रधामन्त्री भएपछि पहिलो अन्तर्वार्ता पनि मैले भारतीय टेलिभिजनलाई दिँदै छु ।’ उनले अहिलेको सरकार प्रो चाइनिज भएको कुरा अस्वीकार गरेका छन् ।‘यहाँ कोही प्रो चाइनिज, प्रो इन्डियन, प्रो अमेरिकन छैन । अब हामी सब...
चीनमा ओमिक्रोनको सब-भेरिएन्ट फैलिएपछि नेपाल पनि उच्च जाेखिम

चीनमा ओमिक्रोनको सब-भेरिएन्ट फैलिएपछि नेपाल पनि उच्च जाेखिम

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । अहिले चीनका विभिन्न प्रान्तमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेनका कारण संक्रमितसहित मृत्युदर पनि बढ्दो रुपमा रहेको छ ।  चीनभन्दा पनि पहिले युरोपमा यो भेरिएन्ट देखिए पनि यसको असर सामान्य नै रहेको थियो । तर, यसले चीनमा ठूलो प्रभाव पारेको छ । अहिले यो भेरिएन्ट भारतमा पनि देखिएको छ । छिमेकी राष्ट्रहरुमा संक्रमण दर फैलिन थालेपछि नेपालमा पनि त्रास यसको असर देखिन थालेको हो । यद्यपी यसअघिका भन्दा अहिले देखिएको भेरिएन्ट केही कमजोर भए...
चीन बाइपास: ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

चीन बाइपास: ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – चीनसँगको बढ्दो तनाबका बीच ताइवानले अनिवार्य सैन्य सेवाको अवधिलाई लम्ब्याएको छ । जसअनुसार चार महिनाको अवधिलाई लम्ब्याएर एक वर्ष पुर्‍याइएको छ । ताइवानकी राष्ट्रपति साइ इङ वेनले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा सार्वजनिक गरेकी हुन् । बेइजिङबाट आक्रमण भएको खण्डमा देशको सुरक्षा बलियो बनाउने नयाँ योजनाको रुपमा यस्तो घोषणा गरेको साइको भनाइ छ। ‘शान्ति आकाशबाट खस्दैन । ताइवान अधिनायकवादी विस्तारको अग्रभागमा छ,’ साइले भनेकी छन् । राष्ट्रपति साईले नयाँ सैनिकहरूलाई अमेरिकी र अन्य अत्याधुनिक तालिमप्राप्त सेनाबाट थप प्रशिक्षण दिइने पनि जनाएकी छन् । ताइवानले १९९० को दशकयता १८ वर्ष नाघेका नागरिकहरूलाई बढीमा ३ वर्षका लागि सैन्य सेवाका लागि अनिवार्य गर्दै आएको छ । तर उक्त नियम परिवर्तन गर्दै पछिल्लो समय सैन्य सेवाको अवधिलाई ४ महिनासम्म तय गरिएको थियो । नयाँ नियम भने २०२४ ...
रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – मुआब्जा विवादका कारण अलपत्र रहेको बथनाहा–कटहरी रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको छ। भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा निर्माण सम्पन्न योजना भारतले नेपाललाई हस्तान्तरण गर्न लागेको हो। कुल १८.६ किलोमिटरमध्ये मुआब्जा विवादका कारण कटहरीतर्फको ५.६ किलोमिटरमा काम सम्पन्न हुन नसके पनि निर्माण सम्पन्न भएको बाँकी योजना नेपाल सरकारलाई हस्तान्तरण गर्न लागिएको रेल विभागले जनाएको छ। विभागका अनुसार भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये ५ किलोमिटर भू–भाग भारतमै पर्छ। रेलमार्गले नेपालतर्फ भने भारतीय भन्सार बिन्दुबाट कटहरीसम्म १३.६ किलोमिटर भू–भाग ओगट्छ। जसमा अहिले विराटनगर–१८ भेडियारीस्थित भारतीय भन्सार बिन्दुबाट उत्तर बुधनगर कस्टम यार्डसम्मको ८ किलोमिटरमा स्टेसनसहित रेलमार्ग निर्म...
भारतले थप दुई जलविद्युत् आयोजनाको बिजुली किन्ने

भारतले थप दुई जलविद्युत् आयोजनाको बिजुली किन्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रका थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आईएक्स को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुनेछ । पछिल्लो विवरणअनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ । तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ । आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ । उनका अनुसार काबेली बी एक २४ दशमलव २५ मेगावाट र तल्लो मोदी १९ दशमलव चार मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कूल चार सय ५२ दशमलव छ मेगावाट बरा...
नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपी ओली को सकारात्मक भूमिका

नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपी ओली को सकारात्मक भूमिका

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – नेपालमा नयाँ सरकार गठन सङै नेपाल भारत सरकार बिच कस्तो सम्बन्ध बिस्तार हुने चर्चा शुरु भएको छ । सत्तामा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन । प्रधानमन्त्री बन्ने बित्तिकै नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतिय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिदै मिलेर सहकार्य गर्न तयार रहेकोे संदेश दिएका छ्न । यसरी हेर्ने हो नेपाल भारत सम्बन्ध थप बलियो हुने सन्देश आम जनतामा गएको छ । यसको मुख्य भुमिकामा नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री खडक प्रसाद ओलि ( केपि ) लाई जाने भएको छ ।   अहिलेको सरकार गठनमा ओलि नै मुख्य निर्णय गर्ने भुमिकामा छ्न । प्रचण्डलाई प्रधानमन्त्री दिई आफू शान्त बस्ने र सरकार चलाउन सहयोग गर्ने भएका बताएका छ्न । नेकपा एमाले बाट नयाँ मन्त्रीमा बिष्णु पौडेल अर्थमन्त्रालयमा एमालेको नेतृत्व गर्दै छ्न । भौति...
महिलालाई विश्वविद्यालय प्रवेश गर्न तालिबानले लगायाे राेक

महिलालाई विश्वविद्यालय प्रवेश गर्न तालिबानले लगायाे राेक

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – अफगानिस्तानका सार्वजनिक र निजी विश्वविद्यालयहरूलाई मन्त्रिपरिषद्को निर्णयअनुसार तुरुन्तै महिला विद्यार्थीहरूको प्रवेश रोक्न निर्देशन दिइएको छ।अर्को सूचना जारी नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेखित आदेशलाई तुरुन्त कार्यान्वयन गर्न सबैलाई जानकारी गराइन्छ,’ शिक्षामन्त्री नेदा मोहम्मद नदीमको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता जियाउल्लाह हसिमीले उक्त पत्र ट्विटरमार्फत् पनि जारी गरेका थिए । तर उक्त पत्रलाई लिएर विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले तालिबान सरकारको यस कदमलाई आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् । डुजारिकले उक्त पत्रमाथि प्रतिक्रिया दिँदै तालिबान सरकारले फेरि आफ्नो प्रतिबद्धता भंग गरेको बताए । तालिबानले गत वर्ष अफगानिस्तानको सत्ता कब्जा गरेपछि महिला शिक्षाका लागि आफूहरू उदार...