भारतको अटो एक्स्पोमा दुई दर्जन बढी नयाँ गाडी सार्वजनिक हुँदै, कुन कम्पनीका कस्ता
काठमाण्डौ, २७ पौष – कारण तीन वर्षपछि भारतमा अटो एक्स्पो बुधबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ। एक्स्पोमा सबैजसो गाडी उत्पादक कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दैछन्।
एक्स्पोमा दुई दर्जनभन्दा धेरै नयाँ मोडलका गाडी बजारमा आउनेछन्। भारतमा उत्पादन हुने सबैजसो गाडी नेपालमा बिक्री हुने भएकाले एक्स्पो नेपाली व्यवसायी र उपभोक्ताका लागि पनि आकर्षण बन्ने गर्छ। एक्स्पोमा नेपालबाट नाडा अटोमोबाइल एशोसिएसनका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा ८० जना व्यवसायीहरु सहभागी हुँदैछन।
एक्स्पोमा टाटा मोटर्सका सीइओ एवं नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ, नाडाका उपाध्यक्ष लक्ष्मी हुण्डाईका निर्देशक निराकार श्रेष्ठ, नाडा उपाध्यक्ष सुनिल रिजाल, बीवाइडीको नेपालको अधिकृत बिक्रेता साइमेक्स इन्ककी संचालक यमुना श्रेष्ठ लगायत सहभागी हुँदैछन्। तीन वर्षपछि हुन लागेको मेला भएकाले नेपाली व्यवसायीका लागि पनि यो एक्स्पोमा आकर्षण छ।
...








