Saturday, November 23सत्यम खबर
Shadow

भारतको अटो एक्स्पोमा दुई दर्जन बढी नयाँ गाडी सार्वजनिक हुँदै, कुन कम्पनीका कस्ता

काठमाण्डौ, २७ पौष – कारण तीन वर्षपछि भारतमा अटो एक्स्पो बुधबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ। एक्स्पोमा सबैजसो गाडी उत्पादक कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दैछन्।

एक्स्पोमा दुई दर्जनभन्दा धेरै नयाँ मोडलका गाडी बजारमा आउनेछन्। भारतमा उत्पादन हुने सबैजसो गाडी नेपालमा बिक्री हुने भएकाले एक्स्पो नेपाली व्यवसायी र उपभोक्ताका लागि पनि आकर्षण बन्ने गर्छ। एक्स्पोमा नेपालबाट नाडा अटोमोबाइल एशोसिएसनका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा ८० जना व्यवसायीहरु सहभागी हुँदैछन।

एक्स्पोमा टाटा मोटर्सका सीइओ एवं नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ, नाडाका उपाध्यक्ष लक्ष्मी हुण्डाईका निर्देशक निराकार श्रेष्ठ, नाडा उपाध्यक्ष सुनिल रिजाल, बीवाइडीको नेपालको अधिकृत बिक्रेता साइमेक्स इन्ककी संचालक यमुना श्रेष्ठ लगायत सहभागी हुँदैछन्। तीन वर्षपछि हुन लागेको मेला भएकाले नेपाली व्यवसायीका लागि पनि यो एक्स्पोमा आकर्षण छ।

यो वर्ष पनि मारुती सुजुकी, टाटा मोटर्स, एमजी, हुन्डाई, टोयोटा, बीवाइडी, कियालगायतका गाडी उत्पादक कम्पनीहरुले नयाँ मोडलका गाडीहरु सार्वजनिक गर्ने तयारी गरेका छन्। यसमा धेरै गाडीहरुको कन्सेप्ट पनि सार्वजनिक गरिने गरिएको छ।

सुजुकीले एक्स्पोमा तीन वटा नयाँ मोडलका गाडीहरु सार्वजनिक गर्ने भएको छ। सुजुकीले बलेनोमा आधारित कुप एसयुभी, ५ डोर जिम्नी र वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले वाईवाई–८ को कन्सेप्ट मात्र सार्वजनिक गर्न लागेको हो। यो मोडललाई कम्पनीले २०२५ सम्ममा बिक्रीमा ल्याउने जनाएको छ। यसलाई कम्पनीले गुजरात प्लान्टमा निर्माण गर्दैछ।

फाइभ डोर जिम्नीलाई पनि डिस्प्लेमा देखाइने छ। यो गाडी २०२३ को मध्यबाट उत्पादन थालिने कम्पनीले जनाएको छ। यसमा १.५ लिटरको पेट्रोल इन्जिन छ। यो अफरोडका लागि उपयुक्त हुने कम्पनीको जिकिर छ। यस्तै बलेनोमा आधारित कुप एसयुभी पनि सार्वजनिक हुनेछ। यसको बिक्री २०२३ को मार्च वा अप्रिलतिर सुरु हुनेछ। यसमा १.० लिटर टर्बो–पेट्रोल इन्जिन छ।

यस्तै एमजीले सबैभन्दा सानो इभी सिटी कार एयर, हेक्टर प्लस फेसलिफ्ट, एमजी–४ इलेक्ट्रिक ह्याचब्याक र एमजी–५ इलेक्ट्रिक इस्टेट तथा एमजी–६ सेडानको कन्सेप्टसहित सार्वजनिक गर्ने तयारी गरेको छ। एमजी सिटी इभीको एयर कन्सेप्ट सार्वजनिक गरिने भएको छ। यो गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा २०० देखि २५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

यसैको अर्को एमजी ४ इलेक्ट्रिक ह्याचब्याक सार्वजनिक हुनेछ। यसको केही देशहरुमा बिक्री सुरु भइसकेको छ। यसमा भएको ब्याट्रीले फुल चार्जमा ४५२ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। यस्तै हेक्टर र हेक्टर प्लस फेसलिफ्ट पनि सार्वजनिक हुँदैछ। यो मोडलहरु पेट्रोल र डिजल दुबै भर्सनमा सार्वजनिक हुनेछ।

यसैगरी एमजी ५ र एमजी ६ सेडानको पनि कन्सेप्ट सार्वजनिक हुने भएको छ। अटो एक्स्पोमा सार्वजनिक गरिने एमजी ५ मा ६१ किलोवाटको ब्याट्री र सो ब्याट्रीले फुल चार्जमा ४०२ किलोमिटर रेन्ज उपलब्ध छ। एमजी ६ भने पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ।

हुन्डाई मोटर्सले पनि एक्स्पोमा ४ वटा मोडललाई डिस्प्ले गर्ने भएको छ। जसमा आयोनिक–५, आयोनिक–६, नेक्सो एफसीईभी र हुन्डाई एआई–३ कन्सेप्ट सार्वजनिक गर्ने तयारी गरेको छ। आयोनिक ५ नेपालमा भने यस अघिनै उपलब्ध भइसकेको इभी हो। यस्तै आयोनिक ६ भने हुन्डाईले कोरियामा केही महिना अगाडि सार्वजनिक गरेको थियो। अब यही एक्स्पोमा पनि सो मोडलको इभी सार्वजनिक हुने भएको छ।

यस्तै नेक्सो इभी एक फ्युल सेल इलेक्ट्रिक कार हो। यो भनेको हाइड्रोजन कार हो। यसको कन्सेप्ट सन् २०१८को अटो एक्स्पोमा देखाइएको थियो। यसमा तीनवटा हाइड्रोजन फ्युल ट्यांकमा १५६.६ लिटर हाइड्रोजन स्टोरेज क्षमता छ। यसैगरी एआई–३ को पनि कन्सेप्ट सार्वजनिक हुने अनुमान गरिएको छ। यो हुन्डाईको सब कम्प्याक्ट एसयुभी हो।

टोयोटाले एक्स्पोमा इनोभा हाइक्रस, एलसी ३०० र जीआर कोरोला ह्याचब्याक नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ। कम्पनीको नयाँ मोडल ल्यान्ड क्रुजर ३०० लाई अटो एक्स्पोमा देखाउने तयारी गरेको छ। यसमा ३.५ लिटर टर्बो पेट्रोल र ३.३ लिटरको डिजल इन्जिन उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस्तै गाजो रेसिङ (जिआर) कोरोला पनि डिस्प्ले हुने भएको छ। यसलाई कम्पनीले सिंगल स्क्रोल टर्बोचार्ज्ड १.६ लिटरको थ्रि–पोट इन्जिनमा ल्याउने तयारी गरेको छ। यसले ३०४ हर्सपावरमा ३७० एनएम टर्क उत्पादन गर्छ। यो लेटेस्ट–जेन कोरोला ह्याचब्याक हो।

यसैगरी बीवाइडीले नयाँ मोडल सील यो अटो एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि बीवाइडीको एटो ३ सार्वजनिक भइसकेको छ। यस्तै लेक्ससको पनि एलएक्स ५०० डी र न्यु–जेन आरएक्स तथा एलसी ५०० एचको नयाँ मोडल सार्वजनिक गर्न लागेको छ।

कियाले पनि नेक्स्ट–जेन कार्निभल केए४, इभी ९को कन्सेप्ट र सेरेन्टो नयाँ मोडल यो अटो एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको हो। यसको इभी–६ मोडलमा ७७.४ किलोवाटको ब्याट्री प्याक राखिएको छ। यसको कन्सेप्ट मात्र एक्स्पोमा राखिने कम्पनीले जनाएको छ।

यसैगरी टाटा मोटर्सले पन्च इभी र कर्भ तथा अभिन्या कन्सेप्ट एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। टाटाले पन्चलाई इभीमा सार्वजनिक गर्न लागेको हो। कम्पनीले यसलाई सिग्मा प्लाटफर्ममा निर्माण गरिरहेको छ। यसको बिक्री २०२३ को चाडबाडको सिजनमा सुरु हुने कम्पनीले जनाएको छ।

यस्तै टाटाले दुई वटा नयाँ इभी लाइनअप मोडलहरुको कन्सेप्ट सार्वजनिक गर्न लागेको जनाएको छ। जसमा अभिन्या एडभान्स जेनेरेसन ३ आर्किटेक्चरमा आधारित छ भने कर्भ जेनेरेसन २ आर्किटेक्चरमा आधारित रहेर निर्माण गरिने छ। यी मोडलहरु टाटाको आफ्नै इभी प्लाटफर्ममा निर्माइ गरिने कम्पनीले जनाएको छ।

भारत बजारमा सार्वजनिक भएका प्रायः गाडीहरु नेपालमा समेत आयात हुन्छन्। भारतमा सार्वजनिक भएको १ देखि ३ महिना अवधिमा नयाँ मोडलका गाडीहरु नेपाल आयात हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *