सत्ता गठबन्धनमा आलोपालोमा मुख्यमन्त्री भागबन्डा : एमालेलाई ४, माओवादी २ र जसपालाई मधेस
काठमाण्डौ, २७ पौष – सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो ।
सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
त्यसैगरी माओवादी केन्द्रले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ । वाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा-आधा कार्यकाल नेतृत्व गर्ने छ ।
सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ । प्रदेश १ को मुख्यमन्त्री एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
त्यसैगरी बाग्मतीमा माओवादी केन्द्र शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लु...









