
नेपालगन्ज, २७ पौष – नेपालगंजमा प्रथम प्रोफेसनल राष्ट्रिय हाप्किडो प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल मार्श ल आर्ट्स हाप्किडो संघको केन्द्रिय प्रशिक्षक तथा प्रतियोगिता संयोजकद्वारा मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराईएको छ ।
नेपाल मार्शल आटर््स हाप्किडो संघको आयोजना तथा बाँके जिल्ला हाप्किडो संघको सहकार्यमा हुन गईरहेको प्रथम प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०७९ को यस प्रतियोगितामा नेपालगन्जमा बृहत रुपमा आयोजना हुने बताईएको छ । हाप्किडो कोरियन परम्परागत मार्शल आर्ट्स खेल विद्या भएको जानकारी गराउँदै आत्मरक्षाको लागि पनि उपयुक्त मानिने यो खेल विश्वभर लेखिन्छ । नेपालमा विगत १६ वर्षदेखि खेल गतिविधि हुँदै आएता पनि वि.स. २०७३ सालमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय खेल संघको रुपमा विधिवत दर्ता भएपछि यस खेलको विकास र विस्तारका सँगै केन्द्र, प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम तथा गतिविधि आयोजना गर्दै आईरहेको जानकारी गराईएको थियो ।
केन्द्रीय संघ अन्तर्गत ७ साल प्रदेश समिति र ६० जिल्लामा कार्यसमिति रहेको जानकारी गराउँदै यो खेल स्थानीय तहको स्कुल स्कुलदेखि प्रशिक्षण हुँदै आएको बताउँदै देशैभर ७५ हजार खेलाडीहरु हाप्किडो खेलमा आबद्ध रहेको आयोजित पत्रकार सम्मेलनमा बताईएको थियो ।
अगामी २०७९ साल माघ १३ र १४ गते दुईदिन सम्म नेपालगन्जमा रहेको रंगशालामा भब्य र सभ्य रुपमा प्रथम प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजना हुन गईरहेको जानकारी गराउँदै माघ महिनाको दोश्रो हप्तामा हुने प्रतिस्पर्धामा सात प्रदेश टीम खेलाडीको सहभागिता हुने बताईएको थियो । यस राष्ट्रिय प्रतियोगिताको लागि गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा छनौट प्रकृयाबाट खेलाडीहरुले सहभागिता जनाउने छन् । यस राष्ट्रिय स्तरीय प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियलहरु गरी जम्मा ५ सय जनाको सहभागिता रहने बताईएको छ ।
४०–४४, ४४–४८, ४८–५२, ५२–५६, ५६–६०, ६०–६४, ६४–६८, ६८–७२, ७२–७६, ७६ प्लस तौल समूहमा प्रतिस्पर्धा हुने जानकारी गराउनुका साथै सेल्फडिफेन्स, डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्नकमा फ्री तौलमा पनि प्रतिस्पर्धा हुने बताईएको थियो । विजेता खेलाडीहरुलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडल समेत प्रदान गरिने आयोजकद्वारा बताईएको थियो ।
उक्त खेल प्रतियोगिता आयोजना गर्न करीब २० लाखको खर्च लाग्ने जानकारी गराउँदै सो पैसा स्थानीय सरकार, व्यक्ति, संघ संस्थालगायतबाट सहकार्य गरी उठाउनुका साथै सहभागि खेलाडीहरुको आवत–जावत, उठ–बसलगायत खर्च आयोजकद्वारा नै व्यहोर्ने आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रवी सुनारद्वारा जानकारी गराईएको थियो ।
