Friday, April 17सत्यम खबर
Shadow

टीकापुर घटना कुनै बन्द कोठाभित्र घटाइएको घटना थिएन : रञ्जिता चौधरी

काठमाण्डौ, २७ पौष – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले टीकापुर घटना बन्द कोठाभित्र घटाइएको घटना नभएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएकी हुन्।

उनले रेशम चौधरीलगायत सयौँ थारू दाजुभाइ हामी पनि यही भूमिपुत्र हौँ, नागरिक भएको पहिचान देऊभन्दा सत्ताले झुटा मुद्दा लगाएर पाँच वर्षदेखि जेलमा सडाएको आरोप लागाइन्।

‘२०७२ भाद्र ७ गते टिकापुर थारु आन्दोलनको बारेमा सबै सांसदहरुलाई सर्वविदितै छ । टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको होइन । टिकापुर घटनालाई साक्षात रुपमा हेर्ने हजारौँ आँखाहरु थिए । त्यो हजारौँको भीडमा नदेखिएको एउटा मानव आकृति माननीय रेशम चौधरीलाई, निर्दोष थारुहरुलाई कारागारमा थुनिएर राखिएको छ’, उनले भनिन्, ‘कानून ज्ञाताहरु भन्छन्, घटनास्थलमा अनुपस्थितलाई मुद्दा नै लगाउन पाइँदैन। रेशम चौधरीलाई किन मुद्दा लगाइयो । कांग्रेस, एमाले, माओवादी जस्ता ठूला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाइयो र मलाई लाग्छ थारु भएकै कारण रेशम चौधरी लगायतका आज कारागारमा हुनुभएका सम्पूर्ण राजबन्दीहरुलाई मुद्दा लगाएर यो राज्यले ५ वर्ष बितायो।’

उनले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाइन्। उनले ठूरा राजनीतिक दलका शिर्ष नैताहरुले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आश गरेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *