Friday, July 3सत्यम खबर
Shadow

आस्था

भारतद्धारा श्रीलंकालाई ७५ यात्रु बस उपलब्ध

भारतद्धारा श्रीलंकालाई ७५ यात्रु बस उपलब्ध

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ माघ – आर्थिक संकटबाट जुढिरहेका श्रीलंकालाई भारतले ७५ वटा यात्रुबाहक बस सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । भारतले स्वतन्त्रता पछि टापु राष्ट्रले सामना गरिरहेको सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकालाई ७५ यात्रुबाहक बस हस्तान्तरण गरेका हुन् । कोलम्बोमा रहेको भारतीय उच्चायोगले आइतवार भने, “सार्वजनिक यातायात पूर्वाधार सुदृढ गर्न भारतीय सहयोगबाट श्रीलंकामा ५०० बसहरू आपूर्ति भइरहेको छ ।” यसअघि डिसेम्बरमा भारतले श्रीलंका प्रहरीलाई १२५ एसयूभी हस्तान्तरण गरेको थियो । एजेन्सी...
प्रचण्डलाई नेपाल-भारत सम्बन्धमा पहिलो चुनौती गोर्खा भर्ती

प्रचण्डलाई नेपाल-भारत सम्बन्धमा पहिलो चुनौती गोर्खा भर्ती

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ माघ – अग्निपथ योजनाअनुसार नेपाली युवाहरूको भारतीय सेनामा भर्ती गर्ने विषय नेपालका प्रधानमन्त्रीले नेपाल(भारत सम्बन्धमा सामना गर्नुपर्ने पहिलो चुनौती रहेको नेपाल र भारतका परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिन बाँकी नै रहेको र नयाँ परराष्ट्रमन्त्री नियुक्तिको प्रक्रिया पनि टुङ्गोमा पुगिनसकेकाले यो विषय टुङ्गोमा पुग्न अझै केही समय लाग्नसक्ने सत्तारूढ दलका एक नेताले बीबीसीलाई बताए। भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेपछि गत अगस्टमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजना अनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो। त्यस बेला नेपालले निर्वाचनपछि बन्ने नयाँ सरकारले उक्त विषयबारे न...
चीन र ताइवानबीच पुन: सीमा विवाद

चीन र ताइवानबीच पुन: सीमा विवाद

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ माघ – चीनले पुन ताइवानको टापु नजिकै सैन्य अभ्यास सुरु गरेपछि ताइवानले यस्को विरोध गरेको छ । गत महिना मात्रै सोही क्षेत्रम सैन्य अभ्यास गरेको चीनले पुन अभ्यास थालेसँगै ताइवानले चीनको भत्र्सना गरेको छ ।चीन न जान आफ्नो नागरिक लाई जर्मनीको सुझाव चीनले ५७ विमान परिचालन गरी सैन्य अभ्यास थालेको पुष्टी गर्दै ताइवानी रक्षा मन्त्रालयले चीनको यो कदमको प्रतिकार गर्ने चेतावनी दिएको छ । चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रको रुपमा हेर्ने र ती दाबी पुष्टि गर्न पछिल्लो समय सैन्य, राजनीतिक र आर्थिक दवाव बढाउँदै आएको छ । यद्यपी चीनले आफ्नो जनमुक्ति सेनाले तयारी गस्तीमात्रै गरेको दाबी गरेको छ । जवाफमा ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा उसले ५७ चिनियाँ विमान र चार नौसेना जहाज टापुको वरिपरि परिचालन भएको दाबी गर्दै आक्रमणका लागि चीनले तयारी थालेको दाबी गरेको ...
भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत

भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ माघ – भारतमा निर्माणाधीन बुलेट रेल परियोजनाबाट आफू प्रभावित भएको भारतका लागि जापानी राजदूतले बताएका छन् । अहमदावाद सहरलाई मुम्बईसँग जोड्ने तीव्र गतिको बुलेट रेल परियोजनामा अपेक्षाअनुसार प्रगति भइरहेको भारतका लागि जापानी राजदूत हिरोशी सुजुकीले बताएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार जापानी राजदूत सुजुकीले परियोजना निर्माणमा लागिपरेका कामदारहरुको कामप्रतिको लगावले पनि आफूलाई प्रभावित तुल्याएको प्रतिक्रिया दिए । परियोजना निर्माणस्थल गुजरातको नभसरी क्षेत्रको भ्रमणका क्रममा राजदूतले यस्तो टिप्पणी गरेका हुन् । गुजरातको अहमदावादलाई महाराष्ट्रको मुम्बईसँग जोड्ने यस बुलेट रेल परियोजना भारतले जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण गरिरहेको छ ।...
काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ माघ – बाँकेको खजुरा गाउँपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र उत्थानका लागि स्थापित गरेको, खजुरा प्रज्ञा प्रतिष्ठानको साहित्य विभागद्वारा काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।खजुरा गाउँपालिकाको बिशेष सहायोगमा प्राज्ञ सदस्य मणि अर्यालद्वारा सञ्चालित खजुरा प्रज्ञा प्रतिष्ठानकाद्वारा आयोजित काव्य विमर्ष तथा रचना वाचन कार्यक्रम उपकुलपति डा. ईन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख तथा खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपति डम्बर बिक तुफानले साहित्यले यो समाजलाई हरा भरा बनाएको छ, खजुरा बह बनानका लागी हामी खजुरा प्रज्ञा प्रतिष्ठान निर्माण गरेका छौं ।काव्य साहित्यको बारेमा कार्यपत्र प्रस्तुत हरि प्रसाद सुवेदी र बासगढी बहुमुखी क्याम्पसका प्रमुख ईश्वरी प्रासाद रिजालले काव्य (साहित्य) लेखन सम्बन्धी जानकारी गराउनु...
नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २९ पौष – लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनु भएको छ ।प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गर्नुभएको छ । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभएको छ ।मानखोला सहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजूरा क्षेत्रको खेतियोग्य जमिन बर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्देश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्...
जानकीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा शुभारम्भ

जानकीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा शुभारम्भ

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २९ पौष - बाँकेको जानकी गाउँपालिकाका वडा नं. २ को बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ । अब यहाँका गर्भवती महिलाहरुले आफ्नै गाउँठाउँमा भिडियो एक्सरे गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष छब्बन खाँले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका हुन् । त्यसक्रममा बोल्दै अध्यक्ष खाँले भिडियो एक्सरेका लागि गर्भवती महिलाहरुको नेपालगन्ज जानुपर्ने बाध्यता अब हटेको बताए । "गाउँघरमै भिडियो एक्सरे सेवा शुरु हुँदा यहाँका गर्भवती महिलाहरुलाई सजिलो हुने भएको छ, वडा नम्बर १ मा मात्र यो सेवा थियो, अब २ नम्बरमा पनि शुरु भएको छ," उनले भने- "स्थानीय सरकारको अनुभूति अब स्थानीयले गर्नेछन् ।" वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जनताको माग र आवश्यकता अनुसार भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको बताए । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रा...
युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
जानकी, २८ पाैष - बाँकेको जानकी गाउँपालिका युवाहरुले युवा लक्षित कार्यक्रम माग्दै ज्ञापनपत्र बुझाएका छ्न् । वडा नं. १ देखि ६ सम्मका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन । सन्तोषकुमार वि.क, चित्रबहादुर सुनार, टेकबहादुर वि.क. (निशान), दिपेन्द्रबहादुर खत्री, सरगम विश्वकर्मा, बन्सिलाल रजक (धोबी) लगायतको युवाको समूहले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा– "हामी जानकी गाउँपालिकाको स्थानिय बासिन्दा र यहाँको कर्मठ तथा जुझारु युवाहरुको रुपमा विगत समय देखि मानव अधिकार, तथा खेलकुद र अन्य सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका एक सामाजिक अभियान्ता समेत रहेको हुँदा हामी संयुक्त रुपमा यस क्षेत्रमा १ देखि ६ सम्मको युवाहरुलाई समेट्ने खालको कुनै परियोजना गाँउपालिकाले नबनाएको र चरम सिमा भन्दा बाहिर गई कर्मचारी भर्ति गर्ने र कहि कतै नभएको व्यवस्था यहाँ लागु भएको तथ्य हामीले पाएको हुँदा तपाई यस स्थानिय तहको प...
जानकी – २ मा २ महिने नि:शुल्क कम्प्युटर तालिम शुरु

जानकी – २ मा २ महिने नि:शुल्क कम्प्युटर तालिम शुरु

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २७ पौष - बाँकेको जानकी गाउँपालिका वडा नं. २ कार्यालयको सहयोग तथा सहकार्य र एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजनामा २ नं. वडा भित्रका शिक्षित युवा तथा युवतीहरुका लागि २ महिने नि:शुल्क कम्प्युटर (बेसिक) तालिम शुरु गरेको छ । क्षमता अभिवृद्धिका लागि वडा भरीका इच्छुक युवा तथा युवतीहरुका लागि २ महिने ( बेसिक) कम्प्युटर तालिम बुधबारदेशि शुरु गरेको हो । तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले ब्यानर पढेर उद्घाटन गरेका थिए । साथै अथितीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । रारा कम्प्युटर एजुकेशन नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम उनीहरूले कम्प्युटर आन् गर्नेदेखि फोल्डर बनाएर नेपाली र अंग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता बनाउने लक्ष्य रहेको छ। तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गुप्त...
मुस्लिम युवाहरूको शैक्षिक विकासका लागि संस्थाको स्थापना

मुस्लिम युवाहरूको शैक्षिक विकासका लागि संस्थाको स्थापना

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ पौष – नेपाली सुन्नी हन्फी खानकाही बरेलवी विचारधाराका युवाहरूको शैक्षिक विकास तथा ईमान जोगाउन नेपाली सुन्नी मुस्लिम विद्यार्थी संगठनको स्थापना गरिएको छ । आइतबार बाँकेको नेपालगञ्जमा रहेको मदिना नूरी मस्जिदमा सयौं युवाहरूलाई संगठित गरि संस्थाको स्थापना गरिएको हो । संस्थाको अध्यक्ष मुफ्ती कहफुलवरा मिस्बाहीका अनुसार वर्तमान युग ईमान जोगाउन निकै गाह्रो भएकोले विभिन्न विद्यालय , कलेज , युनिभर्सिटी तथा कार्यालयहरुमा आबद्ध रहेका युवाहरूलाई गुम्राह सम्प्रदायबाट सुरक्षीत राख्न संस्थाको स्थापना गरिएको हो । यसक्रममा सुन्नी हन्फी खानकाही विचारधाराको केन्द्र मरकज ए अहले सुन्नत दरगाह ए आला हजरतका प्रतिनिधि मण्डलले समेत सहभागिता जनायो । प्रतिनिधि मण्डलका संयोजक तथा दरगाहका सचीव मुफ्ती सलीम नूरीले युवाहरूलाई मोर्डन ज्ञानका साथ साथै धार्मिक ज्ञान पनि सिक्न सिकाउन जरुरी रहेको बताए । उनले भने,...