Friday, April 17सत्यम खबर
Shadow

लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : सीके राउत

काठमाण्डौ, २७ पौष – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।’

अध्यक्ष राउतले आफूहरूलाई संसदमा पुर्‍याउन भूमिका खेल्ने नागरिकको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गर्नुभयो ।

‘आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग नागरिकभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रूपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु’, उहाँले भन्नुभयो ।

विविधतायुक्त देश नेपालको समस्यालाई सामूहिकरूपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *