
जानकी, २८ पाैष – बाँकेको जानकी गाउँपालिका युवाहरुले युवा लक्षित कार्यक्रम माग्दै ज्ञापनपत्र बुझाएका छ्न् । वडा नं. १ देखि ६ सम्मका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन । सन्तोषकुमार वि.क, चित्रबहादुर सुनार, टेकबहादुर वि.क. (निशान), दिपेन्द्रबहादुर खत्री, सरगम विश्वकर्मा, बन्सिलाल रजक (धोबी) लगायतको युवाको समूहले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा– “हामी जानकी गाउँपालिकाको स्थानिय बासिन्दा र यहाँको कर्मठ तथा जुझारु युवाहरुको रुपमा विगत समय देखि मानव अधिकार, तथा खेलकुद र अन्य सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका एक सामाजिक अभियान्ता समेत रहेको हुँदा हामी संयुक्त रुपमा यस क्षेत्रमा १ देखि ६ सम्मको युवाहरुलाई समेट्ने खालको कुनै परियोजना गाँउपालिकाले नबनाएको र चरम सिमा भन्दा बाहिर गई कर्मचारी भर्ति गर्ने र कहि कतै नभएको व्यवस्था यहाँ लागु भएको तथ्य हामीले पाएको हुँदा तपाई यस स्थानिय तहको प्रमुखको ऋयलअभचलक तुरुन्त यी विषयमा ध्यानकार्पण गरि प्रमूख प्रशासकिय अधिकृतको पि. ए. कहाँ र कसरी नियुक्त गरियो ? स्थानिय समाचार संकलन दातालाई हटाई स्थानिय निकाय भन्दा बाहिरबाट कसरी स्थानिय प्रेस सल्लाहाकार नियुक्त गरियो ? यसमा गम्भिर रुपमा ध्यानाकार्पण गराउँदै अब उप्रान्त हाम्रो यस क्षेत्रमा रहेको सामाजिक संस्था जस्तै यूवा क्लब, सहकारी र गैर सरकारी संस्थालाई समेत भर्खरै भएको जानकी गा.पा.को गाँउ सभामा नबोलाएको कारण समेतलाई ध्यानाकार्पण गर्दै हामीले पहिलो शान्तिपुर्ण ज्ञापन पत्र बुझाउने सल्लाह अनुसार तपाईलाई यो ज्ञापन पत्र बुझाएको छौ । माग सम्बोधन नभए जानकी गाउँपालिकाको आर्थिक लेखा परिक्षण तथा योजना अनुगमण गर्ने, शान्तिपूर्ण विरोध जुलुस तथा कोण सभा कार्यक्रम गर्ने र जानकी गाँउपालिकाको कार्यालय घेराउ कार्यक्रम गर्ने चेतावनी दिएकाे” उल्लेख गरेका छ्न् ।
