Saturday, April 18सत्यम खबर
Shadow

नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

नेपालगन्ज, २९ पौष – लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनु भएको छ ।
प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गर्नुभएको छ । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभएको छ ।
मानखोला सहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजूरा क्षेत्रको खेतियोग्य जमिन बर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।
कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्देश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख चौधरीसहित प्रदेश सांसद खत्री नदीले कटान गरेको स्थानमा अनूगमनका लागि पुग्नु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *