Sunday, July 5सत्यम खबर
Shadow

आस्था

वि विल राइज फाउन्डेसनलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

वि विल राइज फाउन्डेसनलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ अषाढ – वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय उक्त फाउन्डेसनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बिहीबार उक्त पुरस्कार प्रदान गरेको थियो ।मन्त्रालयले सम्भाव्य पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं विपद् तथा महामारीको समयमा मानवीय सहायता र सहयोग मार्फत पर्यटन प्रवर्द्धन र समाज सेवाको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सृजनशीलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहित गर्न पु¥र्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगद एक लाख रुपैयाँसहित सम्मान–पत्रले पुरस्कृत गरेको हो ।फाउन्डेसनको तर्फबाट जनसम्पर्क निर्देशक सुनिता दुलालले उक्त पुरस्कार ग्रहण गरेकी थिइन् । कार्यक्रममा संस्थाका तर्फबाट फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ, सद्भावना दूत फुर्वा तेन्जिङ शेर्पा र सदस्यहरू प्रभात रिमाल र ...
नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर सम्पन्न

नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ९ अषाढ – स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ ।महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिनु ।मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढाको अध्यक्षतामा सम्पन्न भएको शिबिरमा शुक्रबार नरैनापुर वडा नं. ५ मटेहियाका १ सय ५४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु श्रेष्ठले जानकारी दिनु भयो ।पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउ“दै सानै उमेरमा धेरै सन्तान...
डुडुवाको १४ औं गाउँसभाबाट ४८ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १४ औं गाउँसभाबाट ४८ करोड बढीको बजेट सार्वजनिक

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ९ अषाढ – डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको शुक्रबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निर्माण लगायतका २१ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।डुडुवा–४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शैय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग सञ्चालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एव...
बजार सुनिश्चित नहुँदा जलविद्युत् आयोजनाबाट पछि हट्दै चिनियाँ कम्पनी

बजार सुनिश्चित नहुँदा जलविद्युत् आयोजनाबाट पछि हट्दै चिनियाँ कम्पनी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
चिनियाँ कम्पनी संलग्न बिजुलीको बजार नहुने देखेपछि भारतीय र नेपाली लगानीकर्ता खोज्दै जलविद्युत् प्रवर्द्धकभारतको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका चिनियाँ लगानीकर्ताका लागि बाधककाठमाण्डौ, ८ अषाढ – ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली किनिदिन भारतलाई नेपालले पत्राचार गरेको डेढ वर्ष बितिसक्यो । गत ०७८ कात्तिकमा योसहित ५ आयोजनाको विद्युत् किनिदिन नेपालले प्रस्ताव गरेको थियो । भारतीय कम्पनीको लगानी भएका आयोजनाको विद्युत् खरिद गर्न उसले स्विकार्‍यो । तर पूर्ण रूपमा नेपाली पुँजीमै निर्माण भएको तामाकोशीको बिजुली भारतले नकिन्नुमा ‘भारतीय कम्पनीको लगानी नभएकाले’ भन्ने अड्कलबाजी छ । सरकारले भने यस आयोजनाले पनि अनुमति पाउने आशा राखेको छ । वास्तविक रूपमा नेपालले हिजोआज भारतीय र नेपाली लगानी नभएका आयोजनाको बिजुली किनिदिन पत्राचार नै गर्दैन । यस कारण हुन सक्छ, नेपा...
चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ अषाढ – उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । घाइते भएका सात जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८ः४० बजे रेष्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका एक जना बुधबार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन् । रेष्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित नौ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । नौ जनाको सम्पत्ति रोक्का गरिएको छ । मृतकको सनाखतको काम भइरहेको छ । विष्फोटको कारणबारे अनुसन्धान भइरह...
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ अषाढ – अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता भएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनको वार्ताको क्रममा रक्षा र एचवान बी भिसा सम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू भएको छ। सम्झौता अनुसार भारत र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउन दुई भारतीय सहरहरुमा अमेरिकी वाणिज्य दूतावास खोलिने छ। त्यस्तै भारतीय लडाकु विमानको इन्जिन अब भारतमा नै बन्ने छ। अमेरिकाले अब एचवान बी भिसा प्रकृयामा पनि केहि महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ। यो परिवर्तन भारतीय विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै गरिन लागेको जनाएको छ। गत वर्ष अमेरिकाले एक लाख पच्चिस हजार भारतीय विद्यार्थीहरूलाई भिसा प्रदान गरेको थियो । खबरहब...
छिमेकीहरूसँग चीनको जल आधिपत्य, बेइजिङबाट यस्तो छ चौतर्फी खतरा

छिमेकीहरूसँग चीनको जल आधिपत्य, बेइजिङबाट यस्तो छ चौतर्फी खतरा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ अषाढ – भारत र बंगलादेशमा बग्ने ब्रह्मपुत्र र दक्षिण पूर्व एसियामा बग्ने मेकोङजस्ता ठूला नदीहरूमा चीनको बाँधले यी डाउनस्ट्रीम रिपेरियन देशहरूमा बाढी आउन सक्ने वा पानीको अभाव सिर्जना गर्ने सम्भाव्यतामा चीनलाई रणनीतिक लाभ दिँदै चिन्ता बढाएको छ । बाँधहरूले चीनका छिमेकीहरूका लागि गम्भीर सुरक्षा जोखिम पनि खडा गर्दछ किनकि उनीहरूले यसलाई यी नदीहरूको पानीको बहावलाई हेरफेर गर्ने उपकरण दिन्छन् । ब्रह्मपुत्रको सबैभन्दा तल्लो नदी भएकाले बंगलादेश चीनले गरेको बाँध गतिविधिबाट सबैभन्दा बढी प्रभावित हुनेछ । बाँधहरूले सघन जनसंख्या भएको देशमा जीविकोपार्जन र कृषिलाई दिगो बनाउनको लागि महत्त्वपूर्ण नदीको प्रवाहलाई बाधा पुर्यादउने क्षमता राख्दछ । तथ्याङ्कअनुसार बंगलादेशको कम्तिमा ६० प्रतिशत जनसंख्या ब्रह्मपुत्रको क्याचमेन्ट बेसिनमा निर्भर छ । चीनले पानीको कुनै पनि एकपक्षीय निकासीले यसको अर्थतन्...
गुनासो बीच वडा नं. ६ को वडा भेला सम्पन्न

गुनासो बीच वडा नं. ६ को वडा भेला सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ अषाढ – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटै वडा कार्यालयहरुले वडा भेला सम्पन्न गर्न तयारीमा लागी रहेकै बेला वडा नं. ६ ले आफ्नो वडा भेला आज सम्पन्न गरेको छ ।धार्मिक पर्यटकीय स्थल हडिया बाबा मन्दिर प्राङ्गणमा सम्पन्न वडा भेलामा राजनीतिक दलदेखि आम सर्वसाधारण वडाबासीहरुले वडाले गरेको काम प्रति गुनासो पोखेका छन् ।नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य सञ्जु योगीले आफूलाई कुनै जानकारी बिना नै हस्ताक्षर गराउने गरेको गुनासोसम्म गर्न भ्याईन । उक्त गुनासो सुन्दा वडाबासीहरुले आफै अनुमान लगाउन सक्ने अवस्था रहेको पाईन्छ वडा कार्यालय भित्र वडासचिव र वडाअध्यक्ष हाली मुहाली बाहेक थप निर्वाचित वडा जनप्रतिनिधिहरुको कुनै हैसियत नै नभएको देखिन्छ ।वडा भित्र हाल कर्मचारीको मनोमानी रहेकै हुँदा १ वर्ष २ महिना बितिसक्दा समेत वडा भित्र जनप्रतिनिधिहरुको पहिचान देखाउने ब्यानरसम्म...
बाँकेमा गाउँपालिका स्तरीय स्वयंसेवी रक्तदाता समाज धमाधम गठन गरिंदै, राप्तीसोनारीमा पनि गठन

बाँकेमा गाउँपालिका स्तरीय स्वयंसेवी रक्तदाता समाज धमाधम गठन गरिंदै, राप्तीसोनारीमा पनि गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राप्तीसोनारी, ७ अषाढ – बाँकेको राप्तीसोनारी गाउँपालिकामा बुधवार गाउँपालिका स्तरीय स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप-शाखा राप्ती सोनारीमा गठन गरिएको हो ।राप्तीसोनारी गाउँपालिका वडा नं. ६ मा बुधवार भएको स्थानीयबासीको भेलाले दिव्या गुरुङको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा अमृता के.सी., सचिवमा सुकराम थारु र कोषाध्यक्षमा सुशीला थारु रहनु भएको छ ।यस्तै सदस्यहरुमा मुकुन्द पाण्डे, केशराम थारु, कृष्ण थारु, वीरबहादुर पुन, रामप्रसाद थारु, विफराम थारु र पतिराम थारु रहनु भएको छ ।त्यसैगरि सल्लाहकारहरुमा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल, वडा सदस्यहरु पतरी परियार, लक्ष्मी थारु, रामबहादुर थारु र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदनबहादुर बुढा रहनु भएको छ ।विगत...
डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

डुडुवाको १४औं गाउँसभाको तयारी तिब्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डुडुवा, ७ अषाढ – संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइ सकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारीमा जुटेका छन् । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०÷०८१ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ ।अषाढ ८ गते शुक्रबार बस्ने डुडुवाको १४ औं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गले बताउनु भयो । उहाँका अनुसार बस्ती स्तरबाट योजना छनौट, राजश्व परामर्श समिति, राजश्व बजेट सिमा निर्धारण समिति र विषयगत समितिहरुको बैठकबाट योजनाहरु छान्ने कार्य भइरहेको छ ।स्वास्थ्य र पशु क्षेत्रमा उत्कृष्ट कार्य गरेको डुडुवाले आगामी वर्षदेखि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीका अनुसार शिक्षाको अवस्था साह्रै कमजोर भएकाले पालिकाले विशेष रणनिति तयार गरि शिक्षामा ...