Sunday, April 12सत्यम खबर
Shadow

ललितपुरमा रक्तदाता समाजको गठन

नेपालगन्ज, ७ श्रावण – नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत वडा नं.४ मा नेपाल स्वयंसेवी रक्तदाता समाजको समिति गठन श्रावण ६ गते इमाडोल ललितपुरमा गरिएको छ ।
१ सय ७४औं पटक रक्तदान गर्ने किर्तिमानी “रक्तदाता सम्राट” बाट बिभुषित एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत नेपाल स्वयंसेवी रक्तदाता समाज ४ नं. वडा समिति गठन इमाडोल ललितपुरमा सम्पन्न भएको छ ।
उक्त भेलाको उदघाटन १ सय ७४औं पटक रक्तदान गर्ने किर्तिमानी “रक्तदाता सम्राट” एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गर्नुभएको थियोे ।
सो भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज ४ नं. वडा समिति गठन इमाडोल ललितपुरमा गरियो । समितिको अध्यक्षमा सुदन ताम्राकार,उपाध्यक्षमा कृष्ण राय, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा कोपिलचन्द्र महर्जनलाई चयन गरिएको छ भनेसमितिको सदस्यहरूमा रञ्जन थापामगर, कल्पना श्रेष्ठ, सक्षम खड्का र अंशु अर्याललाई चयन गरिएको छ ।यसैगरी समितिको सल्लाहकारहरूमा पुष्पराज खत्री, रिसा श्रेष्ठ, अञ्जन सिंह बस्नेत, उमेश श्रेष्ठ, दामु रोक्का, प्रल्हाद सँग्रौला र प्रेमप्रसाद शर्मालाई चयन गरिएको छ ।
प्रल्हाद सँग्रौलाद्वारा सञ्चालित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका सचिव राजन महर्जन, नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिका अध्यक्ष बिजयकुमार महर्जन,नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगरपालिका वडा नं.–६ का अध्यक्ष एवं जिल्ला सदस्य दशबहादुर महर्जन, स्थानीय समाजसेवी पुष्पराज खत्री, अञ्जन सिंह बस्नेत र महिला नेतृ रिसा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *