Saturday, April 18सत्यम खबर
Shadow

बरिष्ठ पत्रकार झलक गैरेलाई नाईस अवार्ड २०२३

नेपालगन्ज, २३ श्रावण – नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको छ ।
नाईस नेपालगन्जले संस्थाको बार्षिकोत्सबको अवसरमा प्रदान गर्ने अवार्ड अन्तर्गत तेस्रो नाईस अवार्ड २०२३ नगद दश हजार सहित गैरेलाई प्रदान गरेको हो ।
नाईस नेपालगन्जको अयोजनामा आज नेपालगन्जमा आयोजित नाईस नेपालगन्जको चौथो बार्षिकोत्सब तथा नाईस अवार्ड २०२३ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवलशमशेर राणा, कार्यक्रमका अतिथि गैसस महासंघका केन्द्रीय सदस्य तथा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह, नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । पत्रकारितामा तिन दशक लामो समयदेखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याए बापत उक्त सम्मान प्रदान गरिएको हो ।
अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संघिय साँसद माननीय डा. धवलशम्शेर राणाले नाईस अवार्ड समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि प्रेरणा भएको बताए । उनले असल कार्य गर्ने र नेपालगन्जको विकासमा अग्रणी भूमिकामा रहेका पत्रकार झलक गैरे सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै देश बिग्रिरहेको अवस्थामा असल र राम्रा ब्यक्तिहरु राजनितिमा आएर राजनितिलाई समेत सफा गर्ने बेला आएको उनले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहले राम्रो काम गर्ने ब्यक्ति र राम्रा कामहरुको प्रोत्साहन गर्ने उद्धेश्यले स्थापना गरिएको नाईस अवार्डले उत्कृष्ट कार्य गरेको बताए । पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा उत्कृष्ट काम गरेका ब्यक्तिलाई गरिएको सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थप्ने बताए । उनले सम्मानित गैरेलाई बधाई ज्ञापन गरे ।
नाईस अवार्ड २०२३ ग्रहण पश्चात बोल्दै बरिष्ठ पत्रकार झलक गैरेले ग्रेटर नेपालगन्जको परिकल्पनाका साथ पत्रकारिताको माध्यमबाट अगाडी बढीरहेका बेला नाईस नेपालगन्जले गरेको सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । कर्म गर फलको आसा नगर भन्ने भावनाका साथ काम गर्ने बताउँदै नाईस अवार्डले पत्रकारितामा गरेको संघर्षको स्मरण गराएको बताए । आफूले गरिरहेको काममा रमाउन सकेमा सम्मान तथा पुरस्कार आफै प्राप्त हुने भन्दै सबैलाई सत्कर्ममा लाग्न उनको अनुरोध थियो । उनले पत्रकारिता समाजको ऐना मात्रै नभएर मार्ग निर्देश भएको जनाए । विकास र सकारात्मक पत्रकारितामा लागि निरन्तर लागि रहेको उनको प्रतिबद्धता थियो । कार्यक्रममा गैसस महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रशाद तिमिल्सिना, शिक्षा बिद किरण आचार्य, बास नेपालका कार्यवाहक केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाईस नेपालगन्जका सचिब कमल शाहीले गरेका थिए भने कार्यक्रममा स्वागत नाईस नेपालगन्जका सदस्य रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रममा नरैनापुर गाउँपालिका, राप्ती सोनारी गाँउपालिका, बास नेपाल, सामर्थ ग्रुपअफ होटल्स एण्ड रिसोर्ट प्रा.लि., मलमपट्टी क्लिनिक्स नेपालगन्जले सहकार्य गरेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ७५ बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *