Monday, June 29सत्यम खबर
Shadow

जनमतका कार्यकर्ताद्वारा नेता कँडेलको बिरोध

नेपालगन्ज, ८ भाद्र – जनमत पार्टी बाँकेका नेता तथा कार्यकर्ताहरुले आज केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज तेजनारायण कँडेलको बिरोध गरेका छन् ।
जिल्ला इन्चार्ज कँडेलले एकलौटी निर्णय गरी भेरी अस्पतालमा आफ्नो श्रीमतिलाई सदस्य पदका लागि सिफारिस गरेको भन्दै नेता कँडेलको बिरोध गर्दै मुर्दाबाद, एकलौटी निर्णय गर्न पाईन्दैन, राजीनामा दे भन्दै कार्यकर्ताहरुले बिरोध जनाएका छन् ।


जनमत पार्टी बाँकेका युवा नेता शिवम गुप्ताले ‘केही समय अगाडी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाट पार्टीलाई प्राप्त पत्र अनुसार एक जना छनौट गरी भेरी अस्पतालमा पठाउनु पर्ने थियो तर जिल्ला इन्चार्ज आफै एकलौटी निर्णय गरी आफ्नै श्रीमतिलाई सदस्य पदमा सिफारिस गरेको हुँदा हामीले आज सडकमा बिरोध गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *