Thursday, May 7सत्यम खबर
Shadow

गौरव स्मृतिको निःशुल्क आँखा जाँच शिविर सम्पन्न, छ सय बढीले पाए सेवा

नेपालगन्ज, ८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को कन्या माध्यमिक विद्यालयबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगन्जले एक दिने निःशुल्क आँखा जाँच शिविर आज शुक्रबार सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिने समेत गर्ने जानकारी गराउँदै संस्थाका उपाध्यक्ष करन शाहले हालसम्म १० हजार बढी सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुका साथै गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि समेत उपलब्ध गराईएको जानकारी गराउनुभयो ।


विगत ३–४ वर्षदेखि मानव सेवामा समर्पित गौरव स्मृति फाउण्डेशनले हालका दिनमा थप उर्जाका साथ सक्रिय रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदै कन्या माध्यमिक विद्यालयका प्राधानाध्यापकले – ‘अहिले आँखा सम्बन्धी बिमारी फैलिएको अवस्थामा विद्यालयसित सहकार्य गरी गौरव स्मृति फाउण्डेशनले सराहनीय कार्य गर्नुका साथै अगामी दिनमा समेत विद्यालयमा कान तथा दाँत सम्बन्धी निःशुल्क शिविरको लागि अनुरोध गर्ने बताउनुभयो ।


यसैगरी कन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षले भन्नुभयो– ‘आज कन्या माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविरमा विद्यालय भित्र रहेका १ कक्षादेखि १२ कक्षाका सम्पूर्ण विद्यालयहरुले सेवा लिई स्वास्थ्य लाभ लिएको बताउनुभयो । आँखा सम्बन्धी बिमारी बढेको अवस्थामा विद्यालयबाटै अध्ययनरत विद्यार्थीहरुका लागि गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि सहितको सेवा पाउँदा धेरै खुशी लाग्नुका साथै गौरव स्मृति फाउण्डेशनलाई आफ्नो विद्यालयको तर्फबाट धन्यवाद समेत दिनभयो ।


यसैगरी गौरव स्मृति फाउण्डेशनका संरक्षक प्रदीप शाहले– ‘वार्ड मै रहेको कन्या माध्यमिक विद्यालयबाट आँखा सम्बन्धी शिविरको लागि अनुरोध गर्दा हामीले खुशीका साथ गौरव स्मृति फाउण्डेशनबाट अन्य स्थानमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आईरहेको हुँदा आफ्नै वडामा रहेका विद्यालयमा आँखा जाँच सम्बन्धी सेवा उपलब्ध गराउन पाउँदा हृदयदेखि नै खुशी लागेको बताउनुभयो । यसमा सहकार्य गर्ने विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सहयोगी प्राविधिहरु तथा गौरव स्मृति टीमका सम्पूर्ण सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिनु चाहान्छु’ भन्नुभयो ।


गौरव स्मृति फाउण्डेशनको आयोजना तथा वडा नं. ४ को सहकार्यमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा नेपालगन्ज कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक बुदेश जयसवाल, शिक्षक, व्यवस्थापन समितिका सल्लाहकार अस्मीता शाह महतरा, व्यवस्थापन समिति अध्यक्ष रेनु शेरचन, प्राविधिक नबिन कनोजिया, संगीता यादव, नून मोहम्मद, गौरव स्मृति फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सहसचिव प्रेरणा शाही, सदस्यहरु शिवम शाह, बिजय कोरी, मुन्सी हजाम, राजन साई, शुभम वैश्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *