Thursday, July 9सत्यम खबर
Shadow

आस्था

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदै

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ भाद्र – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा भारत पुगेका छन् । नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई भारत प्रस्थान गरेका हुन । साता ब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन । भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी असोज ५ गते मात्रै स्वदेश फर्कने छन् ।...
उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित

उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिबक्ता सुदिप भट्टराई निर्वाचित गरेको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो ।आज शुक्रबार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन श्रेष्ठ, सह–सचिवमा तुलसी वर्नवाल, कोषाध्यक्षमा जहिरुल हक ९जिनु०, महिला सदस्यमा मञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।यसैगरी मञ्चको कार्यसमिति सदस्यमा अधिबक्ता विश्वजीत तिवारी, रामप्रसाद शर्मा, अमृतलाल वैश्य निर्वाचित हुनुभयो । नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले कार्यसमितिमा आनन्द गुप्ता र पुजा श्रेष्ठलाई सदस्य मनोनित गरेको छ । बैठकले सल्लाहकारमा रतिलाल पराजुली, हरि बहादुर विष्ट, रोशन श्रेष्ठ र राजेश कुमार श्रेष्ठलाई मनोनित गरेको छ । उपभोक्ता मञ्च नेपालका केन्द्रिय कार्यसमिति सदस्य बिनम कुमार श्रेष्ठक...
महासंघ बाँकेद्धारा आयोजना हुने सबै कार्यक्रमहरु बहिष्कार गर्ने निर्णय

महासंघ बाँकेद्धारा आयोजना हुने सबै कार्यक्रमहरु बहिष्कार गर्ने निर्णय

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २९ भाद्र - नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता शुद्धिकरणका नाममा गरेको मनपरी, स्वेच्छाचारिता बिरुद्ध आज नेपालगन्जमा सम्बद्धहरुको भेला सम्पन्न भएको छ ।अग्रज पत्रकार, सञ्चारकर्मीहरुको उपस्थितीमा सम्पन्न भेलाले नेपाल पत्रकार महासंघको बिद्यान, शुद्धिकरण मापदण्ड बिरुद्ध एकरुपता कायम नगरि गरिएको निर्णयको घोर भर्त्सना गरेको छ ।नेपाल पत्रकार महासंघ बाँकेले सदस्यता शुद्धिकरणका नाममा १५८ जनाको सदस्यता नविकरण नगर्ने निर्णय गर्नुका साथै १७२ जनाको सदस्यता नविकरण गर्ने निर्णय गैरकानुनी र पूर्वाग्रही भएको भेलाले निष्कर्ष निकालेको छ ।कुनै पनि व्यक्तिलाई कार्वाही गर्दा सो को जानकारी गराउनुका साथै सफाईको मौका दिने कार्य प्राकृतिक न्यायको सिद्धान्त अन्तर्गत पर्दछ– भेला पश्चात जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ– सो सिद्धान्तलाई समेत आत्मसाथ नगरि कसैलाई काखा, कसैलाई पाखा गर्दै पूर्बाग्रही ढँगले ...
६० जना पत्रकारको निःशुल्क आँखा जाँच

६० जना पत्रकारको निःशुल्क आँखा जाँच

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २८ भाद्र – बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो ।आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन पत्रकारहरुको आँखामा सुख्खापन लगायतका सामान्य समस्या देखिएको फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकले बताउनु भयो । निःशुल्क आँखा जाँच र औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले बताउनु भयो । उहाँका अनुसार पत्रकारको बुवा, आमा र श्रीमतीलाई आँखाको मोतिविन्दु देखिएमा उहाँहरुको शल्यक्रियामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रह...
सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी

सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र - नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त "चाचाजी" को ९५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी भइरहेको बताएका हुन् । महेन्द्र पुस्तकालय नेपालगन्जको समन्वयमा नेपाल प्रेस युनियन बाँके वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठानको आयोजनामा पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले आम जनताले मिडिया मार्फत पहिला समाचार पाउनु पर्ने हो तर सामाजिक सञ्जाल हाभी भएकै कारण छिटो सूचना आउने भएकाले यस्तो अवस्थामा सिर्जना भएको शुक्रऋषी चौलागाईले बताउनु भएको हो । वर्तमान अवस्थामा समाचार प्रवाहका अनलाइन मिडिया धेरै भएको हुँदा उनीहरुको निरन्तरता र क्रियाशिलता कम भएको कुरा कार्यक्रम प्रष्ट्याउनु भएको थियो । नेपा...
सरकारी विद्यालय निःशुल्क, निजी विद्यालयको ‘फी’ स्थानीय तहले तोक्ने

सरकारी विद्यालय निःशुल्क, निजी विद्यालयको ‘फी’ स्थानीय तहले तोक्ने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ भाद्र – सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा सार्वजनिक विद्यालय निःशुल्क गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । यस्तै निजी लगानीका विद्यालयको शुल्क स्थानीय तहले निर्धारण गर्ने प्रावधानको प्रस्ताव विधेयकमा छ ।निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्क लिन सक्ने व्यवस्था विधेयकमा गरिएको हो । विधेयकमा सो प्रावधानको व्याख्यात्मक टिप्पणी गर्दै भनिएको छ– ‘यसबाट शैक्षिक व्यवस्थापनमा सहजीकरण हुनुका साथै निजी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्य प्रभावकारी रूपमा हुन जानेछ ।’ यस्तै विद्यालयले ऐन वा सो ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा स्थानीय तहले त्यस्तो विद्यालयको अनुमति रद्द गर्न सक्ने तथा सो को अगाडि सुनुवाइको मौका दिनुप...
सुवास नेम्वाङको अन्त्येष्टि पशुपतिमा भोलि बिहान ११ बजे गरिने, यस्तो छ शवयात्राको रुट

सुवास नेम्वाङको अन्त्येष्टि पशुपतिमा भोलि बिहान ११ बजे गरिने, यस्तो छ शवयात्राको रुट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ भाद्र – नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ । संविधान सभाका अध्यक्ष स्व।नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा आज पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको एमालेले जनाएको छ । उनको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो ...
चिनियाँ राजदूतलाई तेस्रो मुलुक बारे टिप्पणी नगर्न परराष्ट्र मन्त्रालयको निर्देशन

चिनियाँ राजदूतलाई तेस्रो मुलुक बारे टिप्पणी नगर्न परराष्ट्र मन्त्रालयको निर्देशन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ भाद्र – भारत विरुद्ध नकारात्मक टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सङलाई सिंहदरवारमा बोलाएको छ । मन्त्रालायले राजदुतलाई विशेष गरेर दुई वटा विषयमा कडा निर्देशन दिएको स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार चीनले हालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालमा देखाउन र तेस्रो मुलुकसँगको नेपालको सम्बन्धबारे कुनै टिप्पणी नगर्न निर्देशन दिईएको छ। राजदूतले केही दिनअघि नेपाल र भारतको सम्वन्धलाई मुछेर विवादास्पद अभिब्यक्ति दिएपछि मन्त्रालयले यो कदम उठाएको हो। त्यसवेला उनले भारतलाई नेपालको ‘दुर्भाग्य’ भनेका थिए। राजदूतको भनाइले नेपालमा व्यापक आक्रोश र विरोध भएको थियो। नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न राजदूतलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ राजदूत सङले सेप्...
गौहत्याको विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै शक्ति प्रदर्शन

गौहत्याको विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै शक्ति प्रदर्शन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ भाद्र – राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बाेधन गर्ने कार्यक्रम छ ।...
पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच गरिदै

पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच गरिदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र – अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ ।संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने निर्णय भएको छ । संघले भोली भदौ २८ गते विहीबार फत्तेबाल आँखा अस्पतालमा सम्पुर्ण पत्रकारहरुको निशुल्क आँखा जाँच कार्यक्रम, भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिता बारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो । केन्द्रीय अध्यक्ष मिश्रका अनुसार संघले दिवसलाई यस वर्ष अलि फरक स्वास्थ्यसँग जोड...