Thursday, April 23सत्यम खबर
Shadow

फेकन लुम्बिनी प्रदेशको साधारण सभा सम्पन्न

नेपालगन्ज, २४ भाद्र – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को लुम्बिनी प्रदेश स्तरीय प्रथम साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा सम्पन्न भएको प्रथम साधारण सभाबाट दीपेन्द्र कुँवरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन भएको हो ।
नेपालगन्ज स्थित स्नेहा होटलमा सम्पन्न भएको साधारण सभाबाट अध्यक्ष दीपेन्द्र कुँवर, आईटिपी कुलदिप शर्मा, उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिब छवी गिरी, कोषाध्यक्ष सुमन शर्मा र सदस्यहरुमा बिनोज वास्तोला, अभिशेष क्षेत्री, रोमित गौचन, मानसिंह ओली चयन भएका छन् ।
साधारण सभालाई सम्बोधन गर्दै फेकन केन्द्रीय अध्यक्ष राजु निरौलाले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरुले उच्च शिक्षा पढ्न सँधै बिद्यार्थीहरु बिदेश पठाएर ठूलो रकम बिदेशीयो भनेर आरोप लागिरहेका बेला बिश्वसामु नेपाललाई शैक्षिक हबको रुपमा बिकास गर्न नेपाल सरकारलाई बारम्बार झकझक्याउदै आएकोे बताए ।
उनले बुद्धीज्म कोर्ष, हस्पीटालिटी, मेडिसिन, आयुर्वेदीक, कल्चर हव लगायतका बिषयमा बिकास गर्न सके नेपालमा ठूलो संभावना रहेकाले बिदेशी बिद्यार्थी भित्र्याएर नेपाललाई समृद्ध गर्न सकिने बताए । गत आर्थिक बर्षमा मात्र ३२ हजार नेपाली बिद्यार्थीहरु बिदेशमा शिक्षा आर्जन गर्न गएको र ९ प्रतिशत नेपाली बिद्यार्थी अष्ट्रेलियामा गएको फेकनका केन्द्रिय सचिव इन्द्रजित गौतमले जनाए ।
नेपालबाट अष्ट्रेलिया, क्यानडा र जापानमा नेपाली बिद्यार्थीहरु अध्ययन अनुसन्धनामा जाने गरेको फेकनले जनाएको छ । फेकनका प्रदेश सभा तदर्थ समितिका संयोजक शौरभ शर्मा र केन्द्रिय अध्यक्ष राजु निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको लुम्बिनी प्रदेश स्तरीय प्रथम साधारण सभामा केन्द्रिय उपाध्यक्ष दीपक सिलवाल, सचिब इन्द्रजीत गौतम, कोषध्याक्ष दीपेन्द्र पोखे्रल, केन्द्रिय सदस्य संजय बस्नेत, सह कोषध्याक्ष गौतम पुडासैनी, वेष्ट डेस्टीनेशनका प्रबन्धक संजय कुँवर र मार्केटिङ म्यानेजर अर्पण पौडेल, र फेकन गण्डकी प्रदेशका अध्यक्ष संजय सुबेदीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *