
काठमाण्डौ, २२ भाद्र – भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त तथा भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिस अरुण मिश्र बीच भएको छ ।
दुवै देशका नागरिकको मानवअधिकार संरक्षण र सम्बर्धनको लागि मधेशी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य गर्ने भएको छ | द्विपक्षीय भेटवार्तामा दुवै अधिकारमुखी आयोगहरु आगामी दिनमा मानवअधिकारको संरक्षणको लागि साझा रुपमा अगाडी बढ्ने विषयमा गम्भीर छलफल भएको छ |

सो छलफलमा नेपाल-भारत सिमामा हुने मानव तस्करी, लागुपदार्थ ओसार-पोसार जस्ता गैर-कानुनी गतिविधिहरु माथि दुवै आयोगले साझा रुपमा अनुगमन गर्ने समेत छलफल भएको छ | सो छलफलको क्रममा मधेशी आयोगका अध्यक्ष डा.दत्तले मधेशी आयोग सदैव नागरिक तथा देशको हितमा काम गर्न सकारात्मक रहेको र त्यस्ता कार्यको लागि मानवअधिकार आयोगसंग सहकार्य गरी अगाडी बढ्ने निर्णय आफैमा ऐतिहासिक हुने बताएका छन् |
मानवअधिकार आयोगका अध्यक्ष अरुण मिश्रले मधेशी आयोग संग सहकार्य गर्नु आफैमा गौरवान्वित विषय भएको र मानवअधिकार संरक्षणको लागि आयोग सधै तत्पर रहेको बताएका छन् |
मधेशी आयोगका अध्यक्षलाई भारतीय मानवाधिकार आयोगका अध्यक्ष सहित आयोगका सदस्य तथा उच्चपदस्थ अधिकारीहरुले स्वागत गरेका थिए |
