Thursday, April 23सत्यम खबर
Shadow

पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच गरिदै

नेपालगन्ज, २७ भाद्र – अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ ।
संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने निर्णय भएको छ । संघले भोली भदौ २८ गते विहीबार फत्तेबाल आँखा अस्पतालमा सम्पुर्ण पत्रकारहरुको निशुल्क आँखा जाँच कार्यक्रम, भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिता बारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो ।


केन्द्रीय अध्यक्ष मिश्रका अनुसार संघले दिवसलाई यस वर्ष अलि फरक स्वास्थ्यसँग जोडिएको विषयलाई प्राथमिकता दिएको छ । दिवसको अवसरमा भोली विहीबार गरिने निःशुल्क आँखा जाँच कार्यक्रममा जिल्लाका सम्पुर्ण पत्रकारहरुलाई आँखा जाँच गराउन अनुरोध समेत गरेको छ । फत्तेबाल आखा अस्पतालको सहयोगमा संघले आँखा जाँच कार्यक्रम गर्न लागेको छ । अहिले आँखा पाक्ने रोगको संक्रमणलाई ध्यानमा राख्दै आँखा जाँच कार्यक्रम गरिएको संघले जनाएको छ ।
कुनै पनि राजनितिक दलसँग आवद्ध नभई स्वतन्त्र र निष्पक्ष रुपमा अवधी भाषी पत्रकारहरुको विचार र आस्थाको छाता संगठनको रुपमा केन्द्रीय स्तरमा नेपालगन्जमा अवधी पत्रकार संघ नेपाल रहेको छ । यस संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत स्थापना भएको छ भने अन्य जिल्लाहरुमा पनि अवधी भाषी पत्रकारहरुको विकासमा संघ लागि परेको छ । नेपाल मै अवधी भाषीहरुको बाहुल्यता रहेकाले सञ्चारको माध्यमबाट विकासमा सहयोग पुर्याउने उद्देश्यले संघ काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *