Thursday, January 15सत्यम खबर
Shadow

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदै

काठमाण्डौ, ३१ भाद्र – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा भारत पुगेका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई भारत प्रस्थान गरेका हुन ।

साता ब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन ।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी असोज ५ गते मात्रै स्वदेश फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *