भारत आतंकबादको विरुद्धमा उभिने देश हो, क्यानडालाई प्रमाण दिन चुनौती पेश
काठमाण्डौ, १२ असोज – खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको क्यानडाका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चुनौंती दिदै भारतले प्रमाण पेश गर्न माग गरेको छ ।शिख पृथकतावादी नेता निज्जरको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यस सम्बन्धमा क्यानडा सँग जानकारी मागेको हो ।नयाँ दिल्लीले निज्जर हत्या सम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।हालै क्यानडाले निज्जर हत्यामा भारतको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताए पछि ओटावा र नयाँ दिल्ली बीचको स...









