
नेपालगन्ज, १३ असोज – नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलोबैठकले रुकुमपूर्व बाहेकका सबै जिल्लाको अधिबेशन पुष मशान्त भित्र गरिसक्ने निर्णय गरेको छ ।
असोज ११ गते बुटवलमा सम्पन्न भएको पहिलो बैठकले यस्तो निर्णय गरेका हो । त्यसमध्ये पुषमा बढि चिसो हुने भएका कारण रुकुमपूर्वको मंसिरमै अधिवेशन गरीसक्नु पर्ने छ । प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र एमाले केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इञ्चार्ज पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
जसअनुसार अधिबेशनमा सपथखान छुटेकालाइ सपथग्रहण, प्रमाण पत्र वितरण, आर्थिक सम्बन्धमा, लेवि निर्धारण, खाता परिवर्तन, अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, भुगोल र विभागको जिम्मेवारी बाँडफाँट, जनसंगठनको भेला, स्कुल विभाग सञ्चालन तथा कार्यालय सञ्चालनका विषयमा विभिन्न निर्णय गरेको छ ।

नेकपा एमाले केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्र्चाज पद्यमा अर्यालले यो कमिटिको काधमा महत्वपुर्ण जिम्मेवारी रहेको बताउदै यो कमिटिले संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११औं महाधिवेशन गराउने विशेष जिम्मेवारी भएका कारण पार्टी हितमा रहेर सक्रितापुर्वक काम गर्न निर्देशन दिनु भयो । असोज ११ गते बुटवलमा सम्पन्न पहिलो पूर्ण बैठकले भूगोल र जनवर्गिय संगठनको जिम्मेवारी पनि बाडफाड गरेको छ ।
जसअनुसार कोहलपुर नगरपालिकाको इन्चार्ज गोपाल गिरी र सह–इन्चार्जको जिम्मेवारी भगवती बरालले पाएकी छन् । यसैगरी अशोक कर्माचार्यलाई नेपालगन्ज उप–महानगरपालिकाको इन्चार्ज र मिना ढकाललाई सह–इन्चार्ज, बैजनाथ गाउँपालिकाको इन्चार्ज मानबहादुर रुचाल, खजुरा गाउँपालिकाको इन्चार्ज करिम खाँ, जानकी गाउँपालिकाको इन्चार्ज एकमाया बिक, डुडुवा गाउँपालिकाको इन्चार्ज बलिभद्र पुन र सह–इन्चार्ज सुजिता बर्मा, राप्तीसोनारी गाउँपालिकाको इन्चार्ज खुमा डाँगी र नरैनापुर गाउँपालिकाको इन्चार्ज पर्शुराम थारुले पाएका छन् ।

बिभागतर्फ प्रेस चौतारी नेपाल प्रदेश सह–इन्चार्जको जिम्मेवारी अछरी पोख्रेलले पाएकी छन् । यसैगरी रिटर्नी फेडेरेसन प्रदेश इन्चार्ज हिरा खराल, उत्पिडित जाति मुक्ति समाज प्रदेश इन्चार्ज नन्द बिश्वकर्मा, खेलकुद महासंघ प्रदेश इन्चार्ज कृष्णा पाठक, सहकारी महासंघ, प्रदेश इन्चार्जमा घननाथ खनाल मुस्लिम इत्तेहद संगठन प्रदेश इन्चार्ज हलिम शाह, ट्रेड यूनियन महासंघ प्रदेश इन्चार्जको जिम्मेवारी केशवराज गिरी लगायतलाइ जिम्मेवारी दिइएको छ ।
बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश नब निर्वाचित अध्यक्ष राधाकृष्ण कँडेलले सम्मेलनको खर्च र अघिल्लो कार्यकालको आयव्यय सार्वजनिक गर्दै १२ बटै जिम्लामा जिम्मेवारी बाँडफाँड गरिएको घोषणा पढेर सुनाउनु भएको थियो । बैठकले १२ वटै जिल्लामा सम्मेलनको तयारीको बैठक बसाल्नको निम्ति मिति तय गरेको छ ।
