Sunday, May 3सत्यम खबर
Shadow

अनेमसंघद्धारा लैंगिक हिंसा विरुद्ध प्रशिक्षण

नेपालगन्ज, १५ मंसिर – अखिल नेपाल महिला संघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटिको आयोजनामा वडा नं.१२ मा १६ दिने लैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैेंगिक हिंसा सम्बन्धि प्रशिक्षण सम्पन्न भयाे ।
वडाको बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेमसंघ वडा अध्यक्ष शुशीला शर्माको अध्यक्षता र अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भयो ।
१६ दिने लैगिक हिंसा विरुद्धको अभियानमा प्रशिक्षण दिँदै अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले अनेमसंघको काम कर्तव्य र अधिकार, सांगठनीक नीति विधि र पद्धतिका बारेमा प्रशिक्षण दिदै लैंगिक हिंसा हुनुका कारण, प्रकार र समाधानका उपायको बारेमा प्रशिक्षण दिनु भयो । यसैगरी वडा नं. १२का वडा अध्यक्ष जनकराम भण्डारीले लैंगिक हिंसा महिलाले मात्र नभइ पुरुषले पनि खेप्ने गरेका कारण जनचेतना जगाउन आश्यक रहेको बताउनु भयो । यसैगरी नगर सचिवालय सदस्य होमनाथ गीरीले महिलालाई आर्थिक रुपले सक्षम बनाउन जरुरी रहेको बताउनु भयो ।
यसैगरी सहकारी जिल्ला सचिव रामचन्द्र तिवारीले सबै सहकारीलाई एउटै आँखाले हेर्न नहुने कुनै सहकारीले राम्रो काम पनि गरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला सहकारीका सचिव रामचन्द्र तिवारी, पाटी नगर सचिवालय सदस्य होमनाथ गीरी, वडा अध्यक्ष जनकराम भण्डारी, अनेमसंघ नेपालगन्ज नगर अध्यक्ष रीना पौडेल, उपाध्यक्ष मैया तिवारी, नगर सचिव रुक्मिणी भारति, नगर सहसचिव विष्ना बस्नेत लगायत वडाका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *