Sunday, May 3सत्यम खबर
Shadow

चीनको सहयोग लिन अहिलेको सरकार डराउँछ: ओली

काठमाण्डौ, १८ मंसिर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्।

दैलेखमा सोमबार आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए।

‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ। चीनसँग डराएको होइन, अरु को-कोसँग कहाँ-कहाँ डराउँछ,’ ओलीले भने।

दलले कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने उनले बताए। नेताहरू राजनीतिका मात्रै नभई विकासका नेता हुनुपर्ने उनको भनाइ छ।विकासको लागि काम थाल्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

‘अबका पार्टीहरुले राजनीति मात्रै गरेर हुँदैन। विकासका नेता हुनुपर्दछ। उनीहरले विकासको बारेमा जानकारी राख्नुपर्छ। कसर विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ। यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ,’ उनले भने। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *