Friday, July 10सत्यम खबर
Shadow

आस्था

नरेश नेपालीको नेतृत्वमा नेपाल कमरशियल आर्टिस्ट संघ

नरेश नेपालीको नेतृत्वमा नेपाल कमरशियल आर्टिस्ट संघ

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बब्लू शेषनेपालगन्ज, २५ मंसिर – नेपाल कमरशियल आर्टिस्ट संघ जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला सम्मेलन तथा पद हस्तान्तरण कार्यक्रम आज सोमबार सम्पन्न भएको छ । केन्द्रिय सदस्य देव नारायण पौडेलको प्रमुख आतिथ्यमा सम्पन जिल्ला सम्मेलन तथा पद हस्तान्तरण कार्यक्रममा नरेश नेपालीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।...
मानव अधिकारको प्रत्याभुति गर्न जोड

मानव अधिकारको प्रत्याभुति गर्न जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ मङ्सिर – आईतबार १० डिसेम्बर ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानव अधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने कुरामा जोड दिइएको छ ।दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आईतबार साँझ जिल्ला प्रशासन कार्यालयको मुल गेटमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमका सहभागीले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको बताएका थिए ।नेपालको संविधानले मौलिक हकमा गरेको व्यवस्था अनुसार त्यसको पुर्ण कार्यान्वयनका लागि सरोकारवाला निकायलाई जोड दिइएको थियो । कार्यक्रममा अधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्टले सबैको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सकेमा मात्...
अनेमसंघद्धारा किशोरीलाई सचेतना कार्यक्रम

अनेमसंघद्धारा किशोरीलाई सचेतना कार्यक्रम

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ मंसिर – १६ दिने लैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत अखिल नेपाल महिला संघ बाँकेले “महिला हिंसा अन्त्यका लागि सुदृढ संगठन, हिंसा मुक्त समाज निर्माणमा लगानी हाम्रो अभियान” भन्दै लंैगिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने यस बर्षको मुल नाराका साथ बिद्यालयको किशोरीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले १६दिने लैगिक हिंसा विरुद्धको अभियानको इतिहास, दिवश मनाउनुको कारण, किशारीलाई स्वास्थ्य सचेतनाको आबश्यकता लगायतका विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एकमाया विकले लैंगिक हिंसा विरुद्ध आफुले भोगेका अनुभव सुनाउदै किशोरीहरुलाई लैंगिक हि...
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उदघाटन

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उदघाटन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ मंसिर – उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपाली बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दुतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकोमा भारत सरकारलाई धन्यवाद दिए । आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको जनाए । ‘विशेष गरेर शैक्षिक क्षेत्रमा भारतको सहयोग महत्वपूर्ण छ, यसले नेपाली विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुगेको छ’, उनले भने । विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल...
चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय

चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय भएको थियोे । कोरोना भाइरस महामारीको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो । सोही कोरोना प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको हो । गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झानलाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ । भाइरसलाई लिएर वुहानको रिर्पोटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक होइनन् । फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।...
चीनको अमेरिकालाई ’चुनौती वा अनसेट’ गर्ने कुनै इरादा छैनः रिपोर्ट

चीनको अमेरिकालाई ’चुनौती वा अनसेट’ गर्ने कुनै इरादा छैनः रिपोर्ट

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – एक वरिष्ठ अमेरिकी अधिकारीले बेइजिङलाई “सबैभन्दा ठूलो खतरा” र “हाम्रो मित्र नभई” भनी व्याख्या गरेपछि चीनले सोमबार आफूले अमेरिकासँग कहिल्यै नजिस्कने र यसलाई “चुनौती दिने वा हटाउने” कुनै नियत नभएको बताएको छ ।चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेन बीचको शिखर वार्ता भएको हप्तापछि यस्तो धारणा चीनले सार्वजनिक गरेको हो । क्यालिफोर्नियाको सिमी उपत्यकामा वार्षिक राष्ट्रिय प्रतिरक्षा फोरममा बोल्दै, अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले सांसदहरू, सिलिकन भ्याली र अमेरिकी सहयोगीहरूलाई चीनलाई राष्ट्रिय सुरक्षाको लागि सेमीकन्डक्टरहरू र अत्याधुनिक प्रविधिहरू प्राप्त गर्नबाट रोक्न आग्रह गरे ।उनले भनिन् चीन “हामीले पाएको सबैभन्दा ठूलो खतरा” र “चीन हाम्रो मित्र होइन“ भनेर जोड दिइन् । श्रोतः पीटीआई...
“मेरो सपना” चिनियाँ भाषामा प्रकाशित पुस्तक केपी ओलीले चिनियाँलाई बाँड्दै

“मेरो सपना” चिनियाँ भाषामा प्रकाशित पुस्तक केपी ओलीले चिनियाँलाई बाँड्दै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिक यात्राको सम्बन्ध वारे चिनियाँ भाषामा पुस्तक प्रकाशन गरिएको छ ।ओलीको तिन बर्षे प्रधानमन्त्रीका हैसियतमा गरिएका भाषणलाई लिएर चिनियाँ भाषामा पुस्तकको प्रकाशित गरिएर वितरण कार्य सुरु गरिएको हो ।ओलीको पछिल्लो पटक प्रधानमन्त्री हुँदाका समय सन् २०१८ को फरवरी देखि २०१९ को डिसेम्बर सम्म गरिएका भाषणलाई चिनियाँ भाषामा अनुवाद गरेर ‘मेरो सपना’ नामक पुस्तकको रुपमा प्रकाशित गरी भेट्न आउने सबै चिनिया पाहुनालाई बाँड्न थालिएको श्रोतले बतायो ।चिनियाँ भाषामा प्रकाशित गरिएको पुस्तकको प्रस्तावनामा नेपाल चीन बीच हुन लागेको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा उक्त पुस्तक आएको ब्यहोरामा उल्लेख छ । पुस्तकमा भनिएको छ, ‘सन् २०२१ मा चीन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले कूटनीतिक स...
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – भारत महाराष्ट्रका उपमुख्यमन्त्री तथा पुर्व मुख्यमन्त्री भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्र धार्मिक केन्द्र समेत रहेको भन्दै जनकपुरधामको जानकि मन्दिर र काठमाडौको पशुपतिनाथ मन्दिर अवस्थित जनकपुरधाम र काठमाडौलाई आफू जोड्ने प्रयास गर्ने बताए।स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको अगुवाई र संस्थाका अध्यक्ष अरविन्द मह्तोको पहलमा मुम्बई पुगेको नेपाली पत्रकारहरु संगको भेटघाटमा बिजेपीका पुर्व महाराष्ट्र प्रदेश अध्यक्ष समेत रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्ग मध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र रहेकाले भारतको पहिलो अनन्य मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध बिस्तारका लागि आफु नेपाल छिट्टै पुगेर पहल गर्ने बताए । एसपी खबरका प्रधान सम्पादक पुरन गुप्ताले भारतिय प्रधानमन्त्री तथा युपीका मुख्यमन्त्री पनि पुग...
भारतको ‘जिडिपी’ ले उछिन्यो चीनलाई

भारतको ‘जिडिपी’ ले उछिन्यो चीनलाई

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – भारत फेरि एकपटक फेरि विश्वकै सबैभन्दा तीव्र गतिका साथ अगाडि बढिरहेको अर्थव्यवस्था भएको मुलुक बनेको छ। वर्तमान आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरकाबीच त्यहाँको अर्थव्यवस्थामा ७।६ प्रतिशतको दरले विकास भएको छ। भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ९आरबीआइ० ले दोस्रो त्रैमासिकका लागि ६।५ प्रतिशत जिडिपी रहने अनुमान गरेको थियो। तर वास्तविक आँकडाले यो अनुमानभन्दा बढी वृद्धि गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अप्रिलदेखि जुनसम्म जिडिपी ७।८ प्रतिशत रहेको थियो। जबकि गत आर्थिक वर्षको यही समयमा जिडिपी ६।२ प्रतिशत थियो। जुलाई–सेप्टेम्बरमा भारतको जिडिपी दरले चीनको ४।९ प्रतिशत जिडिपी दरलाई उछिनेको छ। भारतको वित्त मन्त्रालयले आँकडा आइसकेपछि सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ,‘आर्थिक वर्ष २०२३ को दोस्रो त्रैमासिकमा जिडिपी वृद...
नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर

नेपालबाट आएको शालिग्रामले बन्ने मुर्ति मुल मन्दिरमै राख्छौं : अयोध्याका मेयर

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – हिन्दु धर्मावलम्बीको प्रसिद्ध तिर्थस्थल हो, अयोध्या । भगवान रामको जन्मभुमि हो यो ठाउँ । यहाँ भगवान रामको नयाँ मन्दिर निर्माण गरिदैछ । निर्माण कार्य द्रुत गतिमा भइरहेको छ।नयाँ राम मन्दिर निर्माण शुरु गरिएपछि हाम्रो देश नेपालले पनि मुर्ति बनाउनका निम्ति दुई वटा ठुलो ढुङ्गा अयोध्या पठाएको छ । कालीगण्डकी नदिबाट पठाएको यो दुई शालिग्रामबाट राम्रो मुर्ति बनाउने तयारी गरिएको छ । ‘नेपालले शालिग्राम पठाएपछि हामी औधी खुशी भएका छौं’ अयोध्याका मेयर गिरिशपति त्रिपाठीले भने मुर्तिलाई मुल मन्दिरमै राख्नेछौ ।’ नेपालका पत्रकार टोलीसँगकाे भेटमा मेयर त्रिपाठीले यस्तो कुरा बताएका हुन् । उनले मुर्ति निर्माणको काम भैरहेको जानकारी गराउदै मन्दिर निर्माण कार्य पनि द्रुत गतिमा भइरहेको जानकारी गराए । जनकपुर पुग्दा भाग्यशाली ठान्छु मेयर त्रिपाठी नेपाल र भारत दुई देश भएपनि भाई-भाई रहे...