Saturday, April 18सत्यम खबर
Shadow

१ सय ३५ जनाले गरे रक्तदान

नेपालगन्ज, ४ पौष – “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दिया जिल्लाको बगनाहामा दशौंं बृहत रक्तदान कार्यक्रम (चुरे महोत्सव–२०८०) मंगलवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३५ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ दशौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया तथा ठाकुरबाबा नगर समितिको समन्वयमा रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले प्राविधिक द्वय राजेन्द्र महतरा, राम भक्त लम्साललाई, उपप्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले प्राविधिक महेश राना क्षेत्रीलाई, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ नेपाल र वडा नं. १ का पूर्ववडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारुले प्राविधिक होमराज गिरीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गरेका थिए ।


दशौंं बृहत रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले कार्यक्रमको सञ्चालन गर्नुका साथै ६७ औं पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल २१ औं पटक, पार्वती थारु, वडा नं. १ का पूर्ववडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारुले २९ औ. पटक, लिलाराम खनाल, मिलन प्रसाद गडतोला, सीताकुमारी थारु, सूर्य बाहदुर खत्री, बिर्खबहादुर रावल, प्रतिक गडतोला, धु्रवराज बम, लक्ष्मी ढकाल, सरिका उपाध्याय, दीप चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल ९८औं पटक, सरजु थारु, प्रबीन थारु, रिमा शाही, दीर्घ प्राद देवकोटा, सीता सापकोटा (नेपाल), राजु थारु, राजेश कुमार बजगाईं, सरोज सिंह बिक, लक्ष्मी प्रसाद रेग्मी, रबिन कुमार बैद्य, प्रेम साउद, सन्देश शाही, दिनेश कडेल, धन बहादुर बोहरा, रमेश रत्गैया, प्रेम बहादुर क्षेत्री, दिल बहादुर कार्की, बीरेन्द्र खडका, ठाकुर प्रसाद थारु, राज बहादुर थारु, राजु प्रसाद थारु, हिमाल बजगाईं, हीरालाल थारु, पहिलाल थारु, शंकर प्रसाद गौतम, चन्द्रमणि चौधरी, जनक भण्डारी, शशी थारु, बसराम उपाध्याय, गणेश प्रसाद आचार्य, बद बहादुर भण्डारी, चन्द्रकान्त लमसाल, प्रतिमा खनाल, लक्षमण थारु, मनिषा परियार, समीर योगी, हेमराज अधिकारी, भीम प्रसाद ढकाल, बिमला कठायत, सागर दहित, धनबहादुर साउद थापा, अमराज थारु, राकेश थारु, अमीर कुमार थारु, श्यामलाल सुवेदी, टीका बिक, जयप्रसाद पौडेल, सुदीप चौधरी, लालबहादुर रावल, डम्बर, गीता थारु, नन्द बहादुर सिंह, हेमराज आचार्य, बिवेककुमार थारु, गीता सिग्देल, धिरेन श्रेष्ठ, समीर परियार, सुमन खनाल, दुर्गा नेपाली, पवल बुढा, राजिव पोखरेल, परिवेशा दहित, राहुल सुनार, अर्जुन शर्मा, फुलकुमार नेपाली, पूजा परियार, बिनिता राना, सम्झना राना, संगीता चौधरी, बिनयकुमार थारु, नेत्रलाल घर्तीमगर, सुनील चन्द, अर्जुन नेपाली, एलिना थापा, अम्सा थारु, रामरानी थारु, रमेश रोकाया, ईश्वर एडी, राधा चौधरी, सुदीप सुनार, राम बहादुर चौधरी, राजिव कुस्मा, पूर्णप्रसाद उपाध्याय, निमराज खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३२ पटक, सुजन सापकोटा, टीकाराम सापकोटा, मिलन साउद, जीवन बहादुर थापा, संगीता ढकाल, सृजना सापकोटा, कस्मीर बटाला, अंगानु थारु, कृष्ण थापा, भवन चौधरी, सोविका अधिकारी, पूजा शाही, टिकाराम तिमिल्सिना, देवेन्द्र नेपाली, पसानै थारु, उर्मिला थापा, शोभा थारु, सर्मिला थापा, जयसरा भण्डारी, जय बहादुर ऐडी, निस्मा थारु, जयराम धनकटुवा, प्रकाश थापा, निशा थारु, डम्बर बहादुर राना, दीपक थारु, कमल बोहरा, उमेश धामी, बिशाल टमाटा, जगत ऐडी, समीर भण्डारी, तिर्थ खत्री, प्रकाश ऐडी, सुष्मा भट्टराई लगायत १सय ३५ जनाले रक्तदान गरेका छन् । स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।


चुरे माध्यमिक बिद्यालय ठाकुरबाबा नगरपालिका वार्ड नं.–३ बगनाहाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सहआयोजकको रुपमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ रहेका थिए । यसरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ ठाकुरबाबा, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँ लगायतको सहकार्यमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका राजेन्द्र महतारा, राम भक्त लम्साल, होमराज गिरी, महेश राना क्षेत्री, महेश दहित, तेज बहादुर डाँगी, बैकुण्ठ रेग्मी अन्यमा सुशील शर्मा, साधना थारु, जमुना भण्डारी, उद्वव शर्मा, प्रतिक्षा शर्मा लगायतले सहयोग गर्नु भएको थियो ।


नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको रक्तदान कार्यक्रम सफल पार्नमा ठूलो योगदान रहेको थियो । उहाँले विभिन्न पालिकामा रक्तदान कार्यक्रमको आयोजना गराउनका लागि धेरै मेहनत गरिरहनु भएको छ । सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इन्द्रबहादुर राजबंशी, बर्दिया जिल्लाको बिभिन्न पलिकाका समाजका पदाधिकारी तथा ठाकुरबाबा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *