गौरवको सम्झनामा विभिन्न सराहनीय कार्य, रक्तदानसहित ई–रिक्सासम्म हस्तान्तरण (फोटो फिचरसहित)
नेपालगन्ज, १३ पौष – बाँकेमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आज शुक्रवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रम महिला तथा पुरुष गरी १ सय १३ जनाले रक्तदान गरेका छन् ।गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आयोजित बृहत रक्तदान तथा ई–रिक्सा हस्तान्तरण कार्यक्रम सचिव सुकराम ठाकुरद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा राजिव अधिकारी, हेमराज चौधरी, सुवास खत्री, अपराजित चन्द, फिरोज खान, सुल्तान खान, सरोज अली बे...









