Monday, May 4सत्यम खबर
Shadow

चर्चित गायक श्रीनिवासले “प्यार भईलका पागल बनी तोहार प्यारमे” गाएपछि

नेपालगन्ज, १३ पाैष – चर्चित थारु तथा भोजपुरी गायक श्रीनिवास थारुले “प्यार भईलका पागल बनी तोहार प्यारमे” बोलको चर्चित गीतको प्रस्तुतीले नेपालगन्ज महोत्सव तताएका छन् । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको आठौं दिन श्रीनिवासले “प्यार भईलका पागल बनी तोहार प्यारमे” बोलको चर्चित गीतको प्रस्तुतीले नेपालगन्ज महोत्सव तताएका थिए ।
गायक कुलेन्द्रले बिहीवार महोत्सवमा गाउंनुभएको चर्चित गीत “कन कनी फन फनी, आउ भेट, ज्यान मोर ला चम्प चमेली, प्यार भईलका पागल बनी तोहार प्यारमे, चुम्मा लेह बु दुनु गालमे, बासुरी हो” लगायतको प्रस्तुतीमा दर्शकहरु निकै रमाएका थिए । गायक श्रीनिवासको आधा दर्जन बढी गीतहरुमा दर्शकहरु भरपुर्ण रमाएका थिए । उनले एक पछि एक चर्चित चर्चित भोजपुरी, थारु, र लोकदोरी गीतहरु गाएर दर्शकलाई नचाएका थिए ।
गायिका रुपा बघर्ति मगरको प्रस्तुतीले महोत्सवलाई अझं थप रोमाञ्चक बनाएको थियो । रुपाले प्रस्तुत गरेका गीतहरुमा नेपालगन्ज महोत्सवका दर्शक हरु रमाउदै नाचेका थिए ।
यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुती रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो ।
उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र मोडल बिजय पुनले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायक रमेशराज भट्टराई, गायीका सृजना खत्री, गायिका रुपा घर्ती मगर, गायिका शान्ति सुनारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *