Monday, May 4सत्यम खबर
Shadow

अनेमसंघद्धारा महिलालाई न्यानो कपडा वितरण गरिने

कोहलपुर, १२ पौष – अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष टुका हमाल, उपाध्यक्ष शर्मिला कार्की, सुमित्रा विसी, लगायतको टोली जाजरकोट र पुर्वी रुकुम पश्चिममा २०८० साल कार्तिक १७ गते गएको भुकम्प प्रभावित ब्यक्तिहरु, जेष्ठ नागरिक, सुत्केरी महिला र बालबालिका हरुका लागि न्यानो कपडा वितरण गर्नको लागि काठमाण्डौबाट जाजरकोट हिडेको छ ।
जसमा रुकुमको लागि पछ्यौरा ३ सय ९३, साडि ८८, तन्ना २५, पेटीकोट ५४, चौवन्दी चोलो २०, व्लांकेट ४०, सिरक एक बन्डल, टवेल ६३, स्वेटर २५, ट्राउजर ६बर्ष मुनिकाहरुको लागि ३४, डाउन ज्याकेट ३४ छ बर्ष मुनीकाहरुको लागि, टोपी २६, नबजात शिशुको लागि कपडा ११ थान रहेको अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख कालिका पाठकले जानकारी गराउनु भयो ।


यसैगरी जाजरकोटको लागि पछ्यौरा ६ सय १० साडी १ सय ७०, तन्ना २५, टोपी २५, पेटीकोट ६९, चोलो १०, व्लाङकेट ४ सय १३, सिरक २ बण्डल, टवेल ९४, स्वयटर ८६ लगायतको सामाग्री रहेका छन् । रुकुम र जाजरकोट दुवै स्थानको लागि छुट्टा छुट्टै प्याकीङ गरेको र लगभग ७ लाख बराबरको सामाग्री हस्तान्तरण गर्ने लक्ष्य रहेको अनेमसंघ केन्द्रिय अध्यक्ष टुका हमालले जानकारी गराउनु भयो । अध्यक्ष हमालले चिसोको समयमा थोरै भए पनि न्यानो कपडा वितरणले जनजीवनलाइ सहज होस भन्ने उदेश्यले अनेमसंघले महिलाहरुको निम्ति आवश्यक पर्ने, साडी, चोलो, पछ्यौरा वितरण गर्नको निम्ति जान लागेको बताउनु भयो ।


संगठनले प्राकृति प्रकोपका समयमा प्रभावितहरुलाई समयसमयमा सहयोग गर्दै आएको छ । त्यसै अनुरुप अनेमसंघ केन्द्रिय कमिटिको निर्णय अनुसार भुकम्प प्रभावित व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी महिला र बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरी अनेमसंघ केन्द्रले विभिन्न सामाग्री लिएर पौष ११ गते कोहलपुर आइपुगेको १२ गते कोहलपुरबाट जाजरकोटको लागि प्रस्थान गर्ने अनेमसंघ के.स.अछरी पोखरेलले जानकारी गसराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *