सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव
नेपालगन्ज, २२ पौष – मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव सम्मान सहित मैत्रीपूर्ण वनभोज कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम डुडुवा गाउँपालिका वडा नं. ५ नानापुर स्थित सिद्धी विनायक लायन्स क्लब पार्कमा आयोजना गरिएको हो ।एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा बाँके जिल्लाका विभिन्न १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उहाँहरुको अध्यापन, क्रियाकलाप लगायतको आधारमा मण्टेश्वरी एशोसिएशन बाँकेले निर्धारण गरेको मापदण्डको आधारमा मूल्याङ्कन गरी जिल्लाभरका १८ वटा मण्टेश्वरी स्कुल मध्ये १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान गरिएको हो ।
सो अवसरमा सम्मानित शिक्षिकाहरुलाई एशोसिएशनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कदर पत्र सहित सम्मान गर्नु भएको छ । उहाँले सो अवसरमा बोल्दै भोलिका द...









