Thursday, April 23सत्यम खबर
Shadow

५० करोड डलर मुल्य तोकिएका हमासका शिर्ष नेताको हत्या

काठमाण्डौ, १८ पौष – हमासका शीर्ष अधिकारी सालेह अरोरीको मृत्यु भएको छ । इजरायल र हमास बीचको लडाईको बीचमा उनको मृत्यु भएको हो ।

हिजबुल्लाहको टेलिभिजन स्टेशनले बेरुतको दक्षिणमा भएको विस्फोटमा सालेहको मृत्यु भएको पुष्टी गरेको छ । उसका अनुसार दक्षिणी बेरुतमा ड्रोन आक्रमणको निशानामा सालेह अरोरी मारिएका हुन ।

अल जजीराका अनुसार सालेह अरोरी हमासको राजनीतिक ब्यूरोका उपप्रमुख थिए र प्यालेस्टिनी समूहको सशस्त्र शाखा कसम ब्रिगेडका संस्थापकसमेत हुन । उनको जन्म १९६६ मा कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा भएको थियो। इजरायली जेलमा १५ वर्ष बिताए पछि सालेह अरोरी लामो समयदेखि लेबनानमा निर्वासित जीवन बिताइरहेका थिए।

गत वर्ष अक्टोबरमा इजरायली सेनाले रामल्लाह नजिकैको उनको घर भत्काएको थियो। अमेरिकी सरकारले सन् २०१५ मा उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो र उनको बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकन डलर पुरस्कारको घोषणा गरेको थियो ।

बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाह र प्यालेस्टिनी समूह सक्रिय छन्। हमासको पनि त्यहाँ कार्यालय छ। अलजजीराका अनुसार हिजबुल्लाहले लेबनानमा भएको सो हत्या पछि इजरायललाई चेतावनी दिएको छ ।

गत वर्ष इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा प्यालेस्टाइनी नेताहरूलाई धम्की दिँदा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले लेबनानी भूमिमा कुनै पनि लेबनानी, प्यालेस्टाइन, इरानी वा सिरियाली व्यक्तिको हत्या गरे कडा प्रतिक्रिया दिइने बताएका थिए।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले बेरुत विस्फोटको पछाडि इजरायलको हात रहेको आरोप लगाएका छन् । लेबनानी प्रधानमन्त्रीले भने, ‘सालेह अरोरीको हत्याको उद्देश्य लेबनानलाई देशको दक्षिणी भागहरूमा जारी आक्रमणहरूमा तान्नु हो।’ नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *