Friday, July 10सत्यम खबर
Shadow

आस्था

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ पौष – पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलबार देखि सुरु भएको छ ।महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुको उत्पादनलाई बिक्री वितरणका लागि राखिएको छ । मंगलबार एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रदर्शनीको उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतको उपस्थिती रहेको थियो ।उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान गर्नु भएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य...
नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ग, २४ पौष – नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो ।नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवाहरु रोपिएको छ । एक समारोहका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले संयुक्तरूपमा नेपाल भारत प्रवेशद्वारमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्नु भएको थियो । देश मै पहिलो पटक नेपालगन्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यकरण कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक र...
भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु

भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पश्चिमी तटमा अवस्थित लक्षद्विप टापुमा १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको लागतमा सबमरिन अप्टिकल फाइबर परियोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले लक्षद्विपको राजधानी कभारात्तीमा आयोजित एक कार्यक्रममाझ उक्त परियोजनाको उद्घाटन गरेका हुन् । कोची लक्षद्विप आइल्याण्ड सबमरिन अप्टिकल फाइबल कनेक्सन (केएलआई–एसओएफसी) नाम दिइएको उक्त परियोजनाले १ हजार ८ सय ६८ किलोमिटरको भूभागमा तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने भारतीय सञ्चार माध्यम इण्डियाब्लुम्सले जनाएको छ । यससँगै ३६ स–साना टापुहरु मिलेर बनेको यस क्षेत्र स्वतन्त्रतायता पहिलो पटक सबमरिन अप्टिकल फाइबरले जोडिने भएका हुन् । १ हजार ७२ कारोड भारतीय रुपैयाँ लागत रहेको यस परियोजनाले सो लक्षद्विपमा तीव्र गतिको इन्टरनेट सेवा दिनुका साथै प्रविधि, ऊर्जा, जलस्रोत, स्वास...
अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी

अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – भारतले समुद्री सुरक्षाका लागि उत्तरी तथा मध्य अरब सागरमा नौसैनिक निगरानीलाई जारी राखेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले उत्तरी तथा मध्य अरब सागरका साथै आदेनको खाडीमा व्यवसायिक जहाज र नाविकहरुको सुरक्षालाई मध्यनजर गर्दै समुद्री गस्तीलाई कायमै राखेको जनाएको हो । सो क्षेत्रमा भारतीय नौसेनाका पानीजहाज र युद्धपोतसँगै हवाई गस्ती गर्न नौसैनिक लडाकु विमानको पनि प्रयोग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । त्यसबाहेक भारतीय नौसेनाले तटरक्षक बलसँग सहकार्य गरी आफ्नो अधिनमा रहेको आर्थिक क्षेत्र (ईईजेड) मा उच्च सुरक्षा सतर्कता अपनाएको जनाइएको छ । पछिल्लो समय अरब सागरको क्षेत्रमा व्यवसायिक जहाजलाई लक्षित गरी आक्रमण भएसँगै भारतले यस्तो कदम चालेको हो । खबरहब...
विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास

विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – चीनले विवादित दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेपछि सो क्षेत्रमा तनाव बढेको छ । चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेको हो । जनमुक्ति सेनाले गस्तीबारे थप विवरण भने उपलब्ध नगराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जनमुक्ति सेना गस्तीलाई ‘नियमित’ सैनिक गतिविधिको संज्ञा दिएको छ । पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ नौसेनाबीच तनाव उत्कर्षमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले नौसैनिक गस्तीको घोषणा गरेको हो । चीनले अन्तर्राष्ट्रिय अदालतको फैसलाको बेवास्ता गर्दै दक्षिण चीन सागरको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यद्यपि सो क्षेत्रमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, इण्डोनेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । खबरहब...
डेरा इस्माइल खानमा भइरहेको बलुच लंग मार्चमा पश्‍तुनहरुको समर्थन

डेरा इस्माइल खानमा भइरहेको बलुच लंग मार्चमा पश्‍तुनहरुको समर्थन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ पौष – बलुच लंग मार्चको २७ औं दिनमा, आन्दोलन निरन्तर बलूच नरसंहारको विरोधमा एक महत्वपूर्ण कोसेढुंगाको रुपमा लिइएको छ। अनलाइन प्रसारित भिडियोहरू र तस्बिरहरूले हजारौं मानिसहरु सडकमा लाइन लगाएका, जयजयकार गर्दै र झण्डा फहराउँदै इस्लामावाद तर्फ मार्च गरिरहेका देखिन्छन्। मक्रनदेखि तौन्सा शरीफसम्मका सम्पूर्ण बलुचहरु सडकमा उत्रिएका छन् र पाकिस्तानी सेनाको क्रूर कारवाहीको विरुद्धमा आफ्नो आक्रोश व्यक्त गरेका छन्। ऐतिहासिक लामो मार्च डेरा इस्माइल खान पुग्दा न्यानो स्वागत गरियो, स्थानीय बासिन्दाहरूले राज्य आतंकवाद र उत्पीडन विरुद्धको यो साहसी अडानलाई समर्थन गरेका छन्। डेरा इस्माइल खान पुगेपछि, ऐतिहासिक मार्चलाई समर्थन र न्यानोपनको अर्को लहर भेटिएको छ। यस न्यानो स्वागतमा आफैंले राज्य दमनको सामना गरेका स्थानीय पश्तून समुदायले महत्त्वपूर्ण भूमिका खेलेका थिए। पाकिस्तानी सेनाको दम...
श्रीराम मन्दिरमा १ कराेडकाे सुनका खराउ दिने भक्त, जो ८ हजार किमी हिडेर अयोध्या पुग्दैछन्

श्रीराम मन्दिरमा १ कराेडकाे सुनका खराउ दिने भक्त, जो ८ हजार किमी हिडेर अयोध्या पुग्दैछन्

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ पौष – अयोध्याको राम मन्दिर २२ जनवरीमा उद्घाटन हुँदैछ । यसअघि नै त्यहाँ भक्तजनको भीड आउन थालेको छ । यी भक्तमध्ये एक हुन्, हैदराबादका ६४ वर्षीय छल्ला श्रीनिवास शास्त्री। छल्ला श्रीनिवास भगवान रामको लागि सुनको खराउ बोकेर पैदलै अयोध्या प्रस्थान गरेका छन् । करिब ८ हजार किलोमिटर पैदल यात्रा गरेर उनी अयोध्या पुग्नेछन् । उनले रामका लागि ल्याएको खराउको मूल्य करिब ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) रहेको छ । शास्त्रीले भगवान रामको ‘वनवास निर्वासन’ चित्रण गर्दै पदयात्रा गर्दैछन्। उनले अयोध्या–रामेश्वरम रुट पछ्याइरहेका छन् । यसअघि उनले राम मन्दिरका लागि पाँच चाँदीको इँटा दान गरेका थिए । उनले २० जुलाइवाट पदयात्रा सुरु गरे र बाटोमा भगवान रामद्वारा स्थापित शिवलिङ्गमा पनि रोकिए । यात्राको क्रममा ओडिशाको पुरी, महाराष्ट्रको त्र्यम्बक र गुजरातको द्वारका जस्ता महत्...
भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भए चार महत्त्वपूर्ण सम्झौता : विद्युत व्यापारदेखि रकेट प्रक्षेपणसम्म

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भए चार महत्त्वपूर्ण सम्झौता : विद्युत व्यापारदेखि रकेट प्रक्षेपणसम्म

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – नेपालका परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर दुई दिने भ्रमणका लागि नेपालको औपचारिक भ्रमणमा छन् । विकास साझेदारी सहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा गर्दै दुई मन्त्रीको सहअध्यक्षतामा विहीबार भारत–नेपाल संयुक्त आयोगको सातौं बैठक सम्पन्न भयो । सन् २०२१ को जनवरीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगका छैठौं बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको संयुक्त आयोगले प्रशंसा गर्यो । संयुक्त आयोगको बैठकपश्चात, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच निम्न सहमतिपत्र/समझदारीपत्रको आदान प्रदान भयो । नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीम...
विनय दिक्षितको संयोजकत्वमा सरस्वती बालिका विद्यालय समिति गठन

विनय दिक्षितको संयोजकत्वमा सरस्वती बालिका विद्यालय समिति गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, २२ पौष – नरैनापुर गाउँपालिकामा प्रस्तावित सरस्वती बालिका विद्यालयको संयोजकमा बिनय दिक्षितलाई चयन गरिएको छ ।बाँकेको ८ वटै पालिका मध्ये शैक्षिक क्षेत्रमा सबभन्दा पछाडी रहेको नरैनापुर गाउँपालिकामा शैक्षिक स्तर उन्नतिको लागि बालिका विद्यालयको स्थापना हुनु पर्ने मांग राख्दै शनिबार सम्पन्न कार्यक्रममा बिनय दिक्षितको संयोजकत्वमा रहेको समितिमा मुकद्दरअली मुकेरी, विरेन्द्र यादव, अम्मरलाल मौर्य, हरिचरण तिवारी, डिट्ठाप्रसाद मौर्य, हारुन खाँ, विश्राम यादव, प्रमोदकुमार शर्मा, अजय मौर्य, रामअचल मौर्य, पारसनाथ पाण्डे, रामसिंह खत्रीलाई चयन गरिएको छ । नरैनापुर गाउँपालिकामा बालिका विद्यालयको आवश्यकता बारे अधिवक्ता रामकुमार दीक्षित, शिक्षाप्रेमी तथा कार्यक्रमका प्रमुख अतिथि किरण आचार्य, शिक्षक कृष्णादेवी पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य सोहनलाल यादव, पत्रकार गुरमुरत यादव लगायतले आ–आफ्न...
राप्रपाको नेपालगन्ज नगर सयोंजकमा हुकुम सिंह के.सी.

राप्रपाको नेपालगन्ज नगर सयोंजकमा हुकुम सिंह के.सी.

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले पार्टीको विभिन्न रिक्त रहेको पदहरूको पदपूर्ति गरेको छ । राप्रपा पार्टी कार्यालयमा आज आईतबार जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा महामन्त्री एवं बाँके क्षेत्र २ का सांसद डा. धवल समशेर राणा, सहमहामन्त्री ऋषिराज देबकोटा, लुम्बिनी प्रदेश उपाध्यक्ष ओम राणा लगायतको उपस्थित सम्पन्न कार्यक्रममा महिला जिल्ला अध्यक्षमा राधिका सिंह, नेपालगन्ज नगर अध्यक्षमा युवा नेता हुकुम के.सी., बाँके क्षेत्र २ ख अध्यक्षमा सुरेश शर्मा, कोहलपुर नगर अध्यक्षमा देवेन्द्र शाहीलाई आज एक कार्यक्रम बिच सर्वसम्मतिमा नियुक्त गरिएको छ । पूर्व महिला जिल्ला अध्यक्ष सरिता शाही, कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाही, क्षेत्र २ ख का अध्यक्ष सफिक बेहना लगायतका नेतालाई पार्टीले कार्यवाही गरे पश्चात सो पद रिक्त रहेको थियो भने नेपालगन्ज नगर...