
नेपालगन्ज, २२ पौष – नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखा बाँकेको १९ औं उपशाखा सभा सम्पन्न भएको छ ।
रेडक्रसको प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपमहासचिव राजकुमार वर्माले माल्यार्पण तथा ब्यानर वाचन गरी १९ औं उपशाखा सभाको उद्घाटन गर्नुभएको थियो ।
पुरैनी उपशाखा बाँके की उपसचव मीरा अधिकारीद्वारा सञ्चालित उप शाखाका सभापति शिवकुमार वर्माको अध्यक्षतामा, वार्षिक प्रतिबेदन २०७९÷०८० र आय व्यय २०८०÷०८१ को प्रस्तावित प्रतिवेदन कार्यक्रम तथा आ.ब २०७९÷०८० मा १ लाख ११ हजार ७ सय ६३ रुपैया बराबरको खर्च बिवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश श्रीवास्तव, वडा नं.२२ का पूर्ववडाध्यक्ष बिद्याराम वर्मा, १९ का का.ब. वडाध्यक्ष राम सुहावन कुर्मी, पुरैनी उपशाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्ग लगायत १९ औं उपशाखा सभाको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सधाध्यक्ष शिव कुमार वर्मा पुरैनी उपशाखा बाँकेको दोस्रो उपशाखा रहेको छ भने पहिलो उपशाखा कोहलपुर हो । हाम्रो उप शाखा बनाउनका लागी तत्कालिन वडा नं.२२ कार्यालयबाट वडाध्यक्ष बिद्याराम वर्माले सहयोग गर्नुभएको थियो विभिन्न रेडक्रस प्रेमीले पनि सहयोग गरेका थिए । यस उपशाखामा २०१ जना आजीवन सदस्य रहेका छन् । तीन वटा वडा १९, २१ र २२ वडा मिलाएर पुरैनी उपशाखा भएको हो ।

आ.ब. २०७९÷०८० मा भएको प्रगति विवरण वडा नं.२२ नहरपुर्वामा आफ्नै उपशाखा भवनमा कार्यालय खोली सञ्चालन, उपशाखा अन्तर्गत १ वटा सामुदायिक स्तरको युवा सर्कल र ३ वटा जुनियर सर्कल गठन भई सक्रिय रुपले काम गर्दै आई रहेको छ । वडा नं.२२ को पुरैनी, १९ को बसुदेवपुरमा र २१ पुरैनामा अलग अलग प्रकृतिक प्रकोपबाट पिडित परिवारलाई सेवाहरु उपलब्ध गारउँदै आएको छ । आगलागी, बाढी पिडित र वर्षबाट पिडित परिवारलाई लत्ता कपडा, भाडा, त्रिपाल, कम्बल, बाल्टी लगायतका सामग्री वितरण, वडा नं.२२ को वडा कार्यालयको सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए ।

वडा नं.२२ र १९ बाट फर्निचर सहयोग प्राप्त, वडा नं.२२ को सहकार्यमा उपशाखा पुरैनीको समन्वयमा निःशुल्क शिविरमा ९० जनाले सेवा लिएका थिए । वडा नं.२१ पुरैनाको सहयोगमा आजीवन सदस्यहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन दिइएको थियो भने कर्णली प्रदेशको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पिडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रमा स्वागत मन्तव्य आजीवन सदस्य पवन जायसवालले गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि मोहिनी गुप्ता, गीताकुमारी घर्तीमगर, शान्तिकुमारी राना, पूनम साहू, समराज्ञी मल्ल, बिजय रावत, जितेन्द्र वर्मा, धु्रव नेपाली, लहानी चौधरी, सुस्मिता गुरुङ्ग, रेशमा धोबी, साकरुन धोबी लगायतलाई आजीवन सदस्यता प्रमाण पत्र वितरण गरेका थिए ।
